प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना "/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाङ खाएका तिन महिला सहित एकै परिवारका पाँच जना अचेत

२०७३, १४ पुष बिहीबार ११:४७


प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना अहिले साँझ सम्म अर्ध अचेत अवस्थामा रहेका छन् ।

मुसिकोट २ कोटामुनीका रामबहादुर परियारका ३ वटी वुहारी र एक छोरा एक छोरी सहिति पाँचै जना वेहोस भए पछि अहिले साँझ पख जिल्ला तम्घासमा ल्याईएको छ ।

जिल्ला अस्पतालको एमर्जेन्सी कक्षमा भर्ना गरिएका अर्ध अचेत परियारकी  जेठी बुहारी २३ वर्षिया सावित्रा, १८ वर्षिष पुष्पा र अस्मीता , १६ वर्षिय छोरा बुद्ध  र १२ वर्षिया छोरी अस्मीता रहेका छन् ।

हिजो साँझ मुसिकोट देउरालीको एक किराना पसलबाट पाँच किलो आटा  किनेर ल्याएका उनिहरुले आज विहानको खाजा  रोटी बनाएर भाङको गेडा, सिध्रा र लोकल टमाटरको अचार संग  खाएका थिए ।

जिल्ला अस्पतालको शैयामा अर्ध अचेत अवस्थामा लडेका तिन वटै वुहारी र एक छोरा एक छोरीलाई देखाउँदै रामबहादुर परियारकी श्रीमति अनिताले भनिन –‘  भाङ मिसाएको चटनी त हामीले सधै खाँदै आएका थियौ , त्यसले नभएर हिजो किनेको आटा नै खराव भएर यस्तो भएको हामीलाई शंका लागेको छ । ’

विहान ९ वजे देखि पाँचै जना बेहोस भएर ढलेका उनिहरुलाई स्थानिय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । त्यहाँ उनिहरुको उपचार सम्भव नभए पछि जिल्ला अस्पताल तम्घास ल्याउनु परेको त्यस परिवारले जनाएको छ ।

जिल्ला अस्पतालमा ल्याई औषधी उपचार गर्नु सुरु गरे पछि केहि जना सुस्त सास फेर्दै बोल्न थालेका छन् । उनिहरुको जिल्ला अस्पतालमै उपचार सम्भव भएको सिर्जना पौड्यालले बताईन् । प्रारिम्भक चरणमा भाङ मिसाएको चटनीका कारण उनिहरु बेहोस् भएको होकी भन्ने अनुमान गरिए पनि थप कुरा परिक्षणबाट मात्रै पत्ता लाग्ने डाक्टर पौड्यालको भनाई थियो ।

स्थानिय युवा विष्णु परियारले पनि गाउँमा भाङको चट्नी सवैले सधै जसो खाने र अहिले सम्म कसैलाई केहि नभएको भन्दै आटा कि त म्याद सकिएको हुन सक्ने यात कुनै विषालु पदार्थ भुलवस मिसिएको हुन सक्ने आशंका लागेको बताए । यस विषयमा थप कुराको अनुसन्धान गर्न जिल्ला वजार अनुगमन समितिको चासो जानु पर्ने स्थानियको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह