प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाङ खाएका तिन महिला सहित एकै परिवारका पाँच जना अचेत

१४ पुष २०७३, बिहीबार ११:४७


प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना अहिले साँझ सम्म अर्ध अचेत अवस्थामा रहेका छन् ।

मुसिकोट २ कोटामुनीका रामबहादुर परियारका ३ वटी वुहारी र एक छोरा एक छोरी सहिति पाँचै जना वेहोस भए पछि अहिले साँझ पख जिल्ला तम्घासमा ल्याईएको छ ।

जिल्ला अस्पतालको एमर्जेन्सी कक्षमा भर्ना गरिएका अर्ध अचेत परियारकी  जेठी बुहारी २३ वर्षिया सावित्रा, १८ वर्षिष पुष्पा र अस्मीता , १६ वर्षिय छोरा बुद्ध  र १२ वर्षिया छोरी अस्मीता रहेका छन् ।

हिजो साँझ मुसिकोट देउरालीको एक किराना पसलबाट पाँच किलो आटा  किनेर ल्याएका उनिहरुले आज विहानको खाजा  रोटी बनाएर भाङको गेडा, सिध्रा र लोकल टमाटरको अचार संग  खाएका थिए ।

जिल्ला अस्पतालको शैयामा अर्ध अचेत अवस्थामा लडेका तिन वटै वुहारी र एक छोरा एक छोरीलाई देखाउँदै रामबहादुर परियारकी श्रीमति अनिताले भनिन –‘  भाङ मिसाएको चटनी त हामीले सधै खाँदै आएका थियौ , त्यसले नभएर हिजो किनेको आटा नै खराव भएर यस्तो भएको हामीलाई शंका लागेको छ । ’

विहान ९ वजे देखि पाँचै जना बेहोस भएर ढलेका उनिहरुलाई स्थानिय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । त्यहाँ उनिहरुको उपचार सम्भव नभए पछि जिल्ला अस्पताल तम्घास ल्याउनु परेको त्यस परिवारले जनाएको छ ।

जिल्ला अस्पतालमा ल्याई औषधी उपचार गर्नु सुरु गरे पछि केहि जना सुस्त सास फेर्दै बोल्न थालेका छन् । उनिहरुको जिल्ला अस्पतालमै उपचार सम्भव भएको सिर्जना पौड्यालले बताईन् । प्रारिम्भक चरणमा भाङ मिसाएको चटनीका कारण उनिहरु बेहोस् भएको होकी भन्ने अनुमान गरिए पनि थप कुरा परिक्षणबाट मात्रै पत्ता लाग्ने डाक्टर पौड्यालको भनाई थियो ।

स्थानिय युवा विष्णु परियारले पनि गाउँमा भाङको चट्नी सवैले सधै जसो खाने र अहिले सम्म कसैलाई केहि नभएको भन्दै आटा कि त म्याद सकिएको हुन सक्ने यात कुनै विषालु पदार्थ भुलवस मिसिएको हुन सक्ने आशंका लागेको बताए । यस विषयमा थप कुराको अनुसन्धान गर्न जिल्ला वजार अनुगमन समितिको चासो जानु पर्ने स्थानियको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव