१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज

१५ पुष २०७३, शुक्रबार ०६:१८

अमृता केसी, पुस १५, बाँके । नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पार्नुभएको छ । 

आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुग्नुभएका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसायिक तरकारी खेती गरेर पूरा गरेको बेहनाले बताउनुभयो । 

“त्यतिबेला हाम्रो घरको स्थिति निकै कमजोर थियो,” बेहनाले भन्नुभयो – “बुबाले रुपैडियाबाट तरकारी किनेर अनि त्यसलाई बेचेर हामीलाई पढाउनुहुन्थ्यो ।” उहाँका अनुसार विदेश गएर धेरै पैसा कमाओस् र खेत किनोस् भन्ने बुबाको चाहना थियो । 

“बुबाको विदेश पठाउने इच्छा त मैले पूरा गर्न सकिनँ तर तरकारी लगाउने खेत किन्ने र तरकारी खेती गर्ने सपना भने पूरा गरँे,” बेहनाले भन्नुभयो । पाँच वर्षअघि कक्षा ८ मा पढ्ने १८ वर्षीय बेहनाले बुबालाई तरकारी खेतीबाट आम्दानी हुन्छ भन्ने विश्वास दिलाउँदै सुरुमा अरूको दुई कट्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती सुरु गर्नुभयो । “सुरुमा ३० हजार रुपैयाँ लगानी गरी दुई कट्ठा जमिनमा टमाटर मात्रै लगायौँ,” बेहनाले भन्नुभयो – “त्यो टमाटर खेतीबाट ६० हजार आम्दानी भयो ।” 

पहिलो खेतीबाटै सफलता प्राप्त भएपछि बिस्तारै अरू तरकारी लगाउन थप दुई कट्ठा जमिन ठेक्कामा लिई तरकारी खेती गरेको उहाँले बताउनुभयो । “बिस्तारै रकम जम्मा गरेपछि हामीले तरकारी खेतीबाटै नौ कट्ठा जमिन किन्यौँ, अहिले आफ्नै नौ कट्ठा जमिन र चार कट्ठा ठेक्कामा गरी १२ कट्ठा जमिनमा भन्टा, गोभी, टमाटर, फर्सी लगायतका तरकारी खेती गरिरहेका छौँ,” बेहनाले भन्नुभयो । 

तरकारी खेतीबाटै आफ्नो र बहिनीको बिहे सम्पन्न गर्नुभएका बेहनाले अहिले घर बनाउन इँटासमेत किनिसक्नुभएको छ । “म विदेश गएको भए यसरी कमाउन सक्थें कि सक्दिनथें थाहा छैन तर आफ्नै परिवारसँग बसेर तरकारी खेती गर्न पाउँदा निकै सन्तुष्ट छु,” बेहनाले रासससँग भन्नुभयो – “तरकारी खेतीमा अहिले परिवारका सबै बुबा, आमा, श्रीमती, बहिनी, भाइ र म खटिरहेका छौँ ।” तरकारी खनजोत गोडमेलका लागि दैनिक तीन–चारजना कामदारसमेत राखिएको छ । 

वर्षमा दुई याम तरकारी लगाउने बेहनाले घरखर्च, कामदार, बीउबिजन, भाइबहिनीको पढाइ सबै खर्च कटाएर चोखो रु दुईदेखि अढाइ लाखसम्म आम्दानी गरिरहनुभएको छ । “मैले उत्पादन गरेको तरकारी बेच्नलाई समस्या छैन, बारीमै तरकारी किन्न ग्राहक आउँछन्,” बेहनाले भन्नुभयो – “बाँकी तरकारी यहाँबाट नेपालगन्ज रानीतलाउ तरकारी मण्डीमा साइकलमा लैजान टाढा हुने भएकाले अब अटो रिक्सा किन्ने सोचमा छु ।” 

व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरनुभएका उहाँ युवालाई वैदेशिक रोजगारको मोह त्यागी स्वदेशमै केही आयमूलक कार्य गर्न सुझाव दिनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन