पुस १६, गोरखा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १६, गोरखा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि "/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएद्वारा लाप्राक नमुना बस्तीको काम सुरु

२०७३, १६ पुष शनिबार ०८:१६


पुस १६, गोरखा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ । 

भूकम्पप्रभावित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६१७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिञ्जीलुङतर्फ सरेका छन् । 

लाप्राक पुनःनिर्माणको कामलाई गति दिन एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको टोली गत पुस ११ गतेदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बसेका थिए । पुनःनिर्माणका लागि आवश्यक स्वयम्सेवक बस्ने आवास गृह, खानेपानीलगायत पूर्वाधार खडा गर्नका लागि पूर्व तयारी गर्न भन्दै घले गुप्सीमा बस्नुभएको थियो । 

एनआरएनएले पनि आउँदो एक वर्षभित्रमा निजी घर, विद्यालयलगायत सार्वजनिक भवनको निर्माण गर्ने गरी कामलाई तीव्र रुपमा अघि बढाएको हो । 

गुप्सीपाखामै इँट्टा बनाउने मेसिन पु¥याएर निजी आवास निर्माणलाई तीव्र रुपमा अघि बढाउने एनआरएनएको तयारी छ । लाप्राकको सिङ्गो बस्ती एनआरएनएले पुनःनिर्माण गर्ने जिम्मा लिएपछि लाप्राकीले सरकारले दिने भनेको अनुदान रकम लिन पाएनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला