सास (एजेन्सी)| हरेक बाबु-आमा सन्तानको लागि सबैभन्दा विश्वासपात्र मानिन्छ । जो सन्तान आफ्नो बुबा वा आमा मध्ये एकसँग हुन्छन तब उनीहरुले आफुलाई सबैभन्दा सुरक्षित ठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास (एजेन्सी)| हरेक बाबु-आमा सन्तानको लागि सबैभन्दा विश्वासपात्र मानिन्छ । जो सन्तान आफ्नो बुबा वा आमा मध्ये एकसँग हुन्छन तब उनीहरुले आफुलाई सबैभन्दा सुरक्षित ठा"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै बुबाले बर्बाद बनाइदिए छोरीको जिन्दगी (तश्विर सहित)

१६ पुष २०७३, शनिबार १३:०२

सास (एजेन्सी)| हरेक बाबु-आमा सन्तानको लागि सबैभन्दा विश्वासपात्र मानिन्छ । जो सन्तान आफ्नो बुबा वा आमा मध्ये एकसँग हुन्छन तब उनीहरुले आफुलाई सबैभन्दा सुरक्षित ठान्छन तर के जो सबैभन्दा नजिकका विश्वास पात्र मानिन्छ तिनैले धोका दिँदा के हालत होला ? यस्तै एक घटना पाकिस्तानमा घटेको छ । जहाँ आफ्नै बाबुको कारण एक १३ बर्षकि बालिकाले ३६ बर्षको कान नसुन्ने र बोल्न नसक्नेसँग बिबाह गर्न बाध्य हुनुपरेको छ । 

पाकिस्तानको जामपुरमा बस्ने वजीर अहमदले आफ्नै १३ बर्सकी नाबालिका छोरीको बिबाह आफ्नो छोरा पाउने सोख पुरा गर्नको लागि ३९ बर्षका कान नसुन्ने तथा बोल्न नसक्ने मोहम्मद रमजानसँग गराइदिए । श्रीमतीले छोरो नपाएपछि ति व्यक्तिले आफ्नो अर्को बिबाह गर्ने र छोरो पाउने सोक पुरा गर्न आफ्नै छोरीलाई ३९ बर्षीय व्यक्तिलाई सुम्पेका हुन । उनले आफ्नी छोरी मोहम्मद रमजानकि बहिनीसँग बिबाह गर्ने सहमतिमा ति व्यक्तिलाई सुम्पेका थियो। 

यस घटनाबारे पाकिस्तान प्रहरीले थाहा पाएपछी रमजान र वजीर दुवैजना पक्राउ परेका थिए । तर बाबु जतिसुकै पापी भएपनि छोरीले भने आफ्नो धर्म निभाईन् – प्रहरीले जब ति दुई जनालाई अदालत लग्यो तब ति १३ बर्षीय बालिकाले आफु १६ बर्षको भईसकेको र आफ्नै इच्छा अनुसार बिबाह गरेको बताइन । तब प्रहरीले दुवै जनालाई रिहा गरेको छ । 

वजीरको पहिली श्रीमतीसँग ३ छोरीहरु थिए । उसलाई छोरा जन्माउने चाहना थियो । यसैले उसले दोश्रो बिबाह गर्ने फैशला गर्यो । ताकी अर्की श्रीमतीबाट छोरा जन्माउन सकूँ । पाकिस्तानमा १६ बर्षको उमेरपछी बिबाह गर्ने छुट छ । 

यी व्यक्तिको बहिनीसँग बिबाह गर्ने सर्तमा बाबुले आफ्नै १३ बर्षीय छोरी (बायाँ) को बिबाह यी कान सुन्न नसक्ने तथा बोल्न नसक्नेसँग गराईदिएका थिए |

यिनै १३ बर्षे बालिका बिबाह गरेको केहि दिनमै गर्भवती बनेकी छिन् | उनलाई यति कलिलो उमेरमा बच्चा पाउन त परै जावस बिबाह पनि गर्न हुँदैन भन्ने थाहा पनि छैन |

आफ्नो बुबा र श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि यी १३ बर्षे बालिकाले आफु १६ बर्ष पुगीसकेको बयान दिएकि थिइन | उनकै बयान अनुसार अदालतले उनीहरुलाई रिहा गरेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’