पुस १८, गोरखा । गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १८, गोरखा । गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ

१८ पुष २०७३, सोमबार ०६:४०


पुस १८, गोरखा । गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । 

बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो । 

प्रहरी चौकी सौरपानीका प्रहरी सहायक निरीक्षक रुकमानसिं खत्रीले भने– “ओडारको खोँचमा ढुङ्गाले च्यापेर राखेको अवस्थामा दुई बोरा तारसहित डेटोनेटर (बम बनाउन प्रयोग गरिने सामग्री) फेला पारेका छौँ । बरामद भएको विस्फोटक पदार्थ आज जिल्ला प्रहरी कार्यालय पठाउँछौँ ।” उक्त विस्फोटक पदार्थ तत्कालीन माओवादीले द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ । 

स्वाँराको जङ्गलमा डेटोनेटरसहित तारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पुष्टि गरेका छन् । तीन हजार ९०० थान इलेक्ट्रिक तार जडान गरिएको डेटोनेटर बरामद भएको प्रनाउ थापाले जानकारी दिए । 

नेपाललाई बारुदी सुरुङमुक्त घोषणा भएको लामो समय भए पनि स्वाँरा क्षेत्रमा विस्फोटक पदार्थ भेटिने क्रमः रोकिएको छैन । तीन वर्षअघि स्वाँरा–८ को खरभिरको ओडारमा भेटिएको विस्फोटक पदार्थ खेलाउँदा १२ वर्षीय सचिन बराम र ११ वर्षीय ज्ञानबहादुर बराम घाइते भएका थिए । सचिनले बायाँ हातका चार औँला गुमाउनुपरेको थियो । 

जङ्गलमा जथाभावी रुपमा अझै पनि तारहरु यत्रतत्र रहेको गोठालाले बताएको स्वाँराकी सलिना गुरुङको भनाइ छ । स्वाँराको जङ्गल क्षेत्रमा द्वन्द्वका बेला माओवादी बस्ने गरेकाले त्यसबेला छाडेका वा लुकाइएका विस्फोटक पदार्थ अहिले देखा पर्दै आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । रासस

स्वाँरा जंगलमा भेटिएको बिस्पोटक पदार्थ। तस्विर सौजन्य : सलिना गुरुङ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह