१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा डाँका समुहले प्रहार गरेको चिर्पटले लागेर एकको मृत्यु

१८ पुष २०७३, सोमबार ०७:३५

पुस १८, इटहरी । मोरङ जिल्लाको सुन्दरदुलारी–६ निवासी ५७ वर्षीय धनबहादुर गुरुङलाई कृष्ण आयल ट्रेडर्समा डकैती गर्न आएका डाँका समूहलाई खेदाउने क्रममा डकैती समूहका मानिसले टाउकोमा प्रहार गरेको चिर्पटका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीले जानकारी दिएको छ । 

गएराति १२ बजे शरीर र अनुहारमा मोबिल दलेर सखुवाको आग्लो बोकेर रिक्सामा पेट्रोल पम्प पुगेका ती डाँकाले पम्पमा रहेका पुष्पप्रसाद सिग्देललाई ढोका खोल्न दबाब दिएपछि उनी अब मरिने भइयो भनेर छतमा चढी हामफालेर चोर चोर भन्दै भागेपछि गाउँले पम्पतिर आउँदा ती चोरले गुरुङलाई प्रहार गरेका थिए । 

डकैत समूहले प्रहार गरेर गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज पु¥याई सघन उपचार कक्षमा उपचार गरिएको भए पनि उनलाई बचाउन सम्भव नभएको बताइएको छ । 

यसैगरी डकैती गर्न आएकामध्ये आफूलाई झापा जलथल निवासी भूपेन्द्र गिरी नाम बताउनेको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्थानीय गाउँलेले चारैतिर घेरेर कुटपिट गरिएका ती डकैती समूहका गिरी थर बताउनेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरी निरीक्षक, मेघराज थापाले जानकारी दिनुभयो । 

पम्पमा भएको त्यो घटनामा प्रहरी ढिलो आएको र प्रहरीले स्थानीयवासीसँग रुखो व्यवहार गरेको भन्दै स्थानीयवासीले दुलारी सडकखण्डमा चक्काजामसमेत गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह