पुस १८, काठमाडौँ । भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीसहित ६ जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, काठमाडौँ । भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीसहित ६ जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीको मृत्यु

२०७३, १८ पुष सोमबार ०९:४२

पुस १८, काठमाडौँ । भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीसहित ६ जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा उत्तराखण्ड राज्यको चम्वावत जिल्लाको लोहा घाटमा जिप दुर्घटना हुँदा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो ।

भारतीय संचार माध्यमका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो । १६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन । घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ । कञ्चनुपरको दोधारा चाँदनी बस्दै आएका मृतक परिवारका ८ जना पूजा पाठको लागि गाँउ आउँदा दुर्घटनामा परेको बताइएको छ ।

नागार्जुन मावि शर्मालीका प्रअ महामल सिंह साउदले अनुसार दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको जानकारी दिए । शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउद, उनकै भाई शिवराजकी पत्नी ५७ बर्षीया गोमती देवी उनकै भाई ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुशको मृत्यु भएको हो । तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको प्रअ साउदले बताए ।

घाइतेहरुमा शर्माली–५ कोणका चन्द्रसिंह साउद, पञ्चेश्वरका एक जना सहित मृतक परिवारकै ४ जना रहेका छन । उनीहरुको हल्दानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय