नरी बडु | पुस १८, बैतडी | भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुँदा ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर भारतीय ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | पुस १८, बैतडी | भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुँदा ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर भारतीय ब"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको चम्पावतमा जीप दुर्घटना हुँदा बैतडीका चार जनाको मृत्यू

१८ पुष २०७३, सोमबार १६:०५

नरी बडु | पुस १८, बैतडी | भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुँदा ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउद, गोबिन्दका भाई शिवराजकी ५७ वर्षिय पत्नी गोमती देवी उनकै भाई ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुशको मृत्यु भएको हो ।

तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको भारतीय पत्रकार राजेश पंगरीयाले बताए । उहाँका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो ।

१६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन । घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ । कञ्चनुपरको दोधारा चाँदनी बस्दै आएका मृतक परिवारका ८ जना पूजा को लागि गाँउ आउँदा दुर्घटनामा परेका हुन ।

घाइतेहरुमा बैतडीको शर्माली–५ कोणका चन्द्रसिंह साउद, पञ्चेश्वरका एक जना सहित मृतक परिवारकै ४ जना रहेका छन । उनीहरुको हल्द्धानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ । तिब्र गतीको जीप मोडमा अनियन्त्रित भएर दुर्घटना भएको भारतीय  प्रहरीलाई उदृत गर्दै स्थानीय पत्रकार पंगरीयाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’