१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

होटल बाराही अन्तर्राष्ट्रिय सूचीमा

२२ पुष २०७३, शुक्रबार १४:२७

पुस २२, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन व्यवसाय गर्न सफल भएकामा अन्तर्राष्ट्रिय सूचीकरणमा परेको छ । 

अमेरिकी न्युज पोर्टल ‘सिएनएन’ले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई पुनःजागृत गर्न भूमिका खेल्न सक्ने भन्दै नेपालका पाँच बुटिक ९साना० होटलको सूचीकरण गरेको छ । चितवनको मेघौलीस्थित चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको होटल बाराही जङ्गल लज पनि पहिलो पटक सूचीकृत रिसोर्टमा परेको छ । 

होटलका प्रबन्ध निर्देशक विप्लव पौडेलका अनुसार होटल निर्माणदेखि सञ्चालन क्रममा समेत प्रकृतिमैत्री बनाइएको छ । मौलिक कलाले सजिएको होटलमा प्लास्टिक प्रयोग गरिँदैन भने बायोग्यास प्लान्टबाट खाना पकाइन्छ । बीस बिघा क्षेत्रफलमा फैलिएको होटल परिसर हरियाली रुखबिरुवाले भरिएको छ । तीमध्ये नौ बिघामा रिसोर्टले जैविक खेती गरेको छ । 

बाराहीबाटै गैंँडालगायत वन्यजन्तु आँखै अगाडि देख्न सकिन्छ । रु ३५ करोडको लागतमा निर्माण गरी सन् २०१४ देखि सञ्चालनमा आएको होटल निर्माणका क्रममा पनि तडकभडकभन्दा प्रकृतिमैत्री सामग्री प्रयोग गरिएको प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो । 

होटलमा उच्चस्तरका पर्यटक भित्रिने गरेका छन् । यहाँ आउनेमध्ये नेपाली र भारतीय ३० प्रतिशत तथा अमेरिकी, युरोपेलीलगायत ७० प्रतिशते छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह