पुस २५, काठमाडौं । सुलिथुम्को श्रीदेवीथान यूवा क्लव र पकरवास माकादुम तामाङ एकता समाजको संयुक्त आयोजनामा पकरवास गोगनपानी रामेछापमा माघ ३ गते निःशुल्क स्वास्थ्य शि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, काठमाडौं । सुलिथुम्को श्रीदेवीथान यूवा क्लव र पकरवास माकादुम तामाङ एकता समाजको संयुक्त आयोजनामा पकरवास गोगनपानी रामेछापमा माघ ३ गते निःशुल्क स्वास्थ्य शि"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको पकरवासमा ३ दिने नि:शुल्क स्वास्थ शिविर

२५ पुष २०७३, सोमबार १५:०७

पुस २५, काठमाडौं । सुलिथुम्को श्रीदेवीथान यूवा क्लव र पकरवास माकादुम तामाङ एकता समाजको संयुक्त आयोजनामा पकरवास गोगनपानी रामेछापमा माघ ३ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौं र मनमोहन मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा हुने उक्त शिविर माघ ३ देखि ५ गतेसम्म विशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार रहेकोे कार्यक्रम संयोजक तथा सुलिथुम्को श्रीदेवीथान यूवा क्लवका सल्लाहकार किरण मोक्तानले जानकारी दिइन् । साथै विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरु आउने भएकाले उक्त शिविरमा सबै समुदायवासीलाई स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिन समेत अग्राह गरिन ।

सकारात्मक विकास सञ्चार केन्द्र तथा प्रगतिशिल महिला समाज नेपालको सहकार्यमा हुने शिविरमा आँखाको उपचारसंगै मोतिविन्दूको समेत नेपाल आँखा अस्पतालका विशिष्ठ चिकित्सकद्वारा आधुनिक औजार सहित शल्यक्रिया सम्पन्न गरिने उक्त अस्पतालका सामुदायिक इन्चार्ज कल्याण ढुंगानाले बताए । 

त्यस्तै मनमोहन मेमोरियल अस्पताल काठमाडौंका वरिष्ठ चिकित्सकहरुको टोलिले शारिरिक रोगीहरुलाई परिक्षण तथा औषधी वितरण गर्ने भएको छ । स्त्री–रोग, नाक, कान, घाँटी, दन्त लगाएत विभिन्न रोग सम्बन्धि परिक्षण तथा उपचार गरिनुको साथै इमरजेन्सी टीम सहित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालका प्रशासकिय अधिकृत नवराज रूपाखेतीको समन्वयमा सेवामा खटिने अस्पताल निर्देशक प्रो.डा. गुण कुमार श्रेष्ठले जानकारी दिए । 

गोगनपानी रामेछापमा हुने शिविरमा माकादुम, भिरपानी, गागल, मझुवा, राकाथुम, पिङखुरी गा.वि.स.र मन्थली नगरपालीका लगाएतका ग्रामिण क्षेत्रका आर्थिक अभावका कारणले उपचार गर्न कठिनाई भएका र सबै प्रकारका  आँखाका रोगी र विरामीहरुलाई परिक्षण तथा उपचारको सेवा पुर्याउने उद्देश्यले उक्त शिविरको आयोजना गरेको सुलि थुम्को श्रीदेवीथान यूवा क्लवका सल्लाहकार होम बुढाथोकीले बताए । 

शिविरलाई व्यवस्थित रूपमा सम्पन्न गर्न प्रारम्भिक छलफल तथा तयारीमा स्थानीय संघसंस्था, गा.वि.स. र व्यक्तिहरु जुटिसकेको कार्यक्रम संयोजक किरन मोक्तानले बताईन् । त्यस्तै सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले स्वास्थ्य शिविरसंगै स्वास्थ्य शिक्षा चेतना तथा अन्य जानकारीमूलक शान्देश सहति सम्पन्न हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह