दिनेश ठकुल्ला/पुस २७, धनगढी । कानुनले एकल महिलालाई विवाह गर्न छुट दिए पनि समाजले भने त्यसलाई अझै छुट दिएको छैन । 

विवाह पश्चात पतिको कुनै कारणवश मृत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/पुस २७, धनगढी । कानुनले एकल महिलालाई विवाह गर्न छुट दिए पनि समाजले भने त्यसलाई अझै छुट दिएको छैन । 

विवाह पश्चात पतिको कुनै कारणवश मृत्य"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

एकल महिलाको गुनासो: विवाह गर्न काननुले छुट दियो तर, समाजले दिएन

२०७३, २७ पुष बुधबार ०६:२६

दिनेश ठकुल्ला/पुस २७, धनगढी । कानुनले एकल महिलालाई विवाह गर्न छुट दिए पनि समाजले भने त्यसलाई अझै छुट दिएको छैन । 

विवाह पश्चात पतिको कुनै कारणवश मृत्यु भएमा एकल महिलालाई कानुनले स्वइच्छामा पुनःविवाह गर्न पाउने अधिकारको ग्यारेण्टी गरेको भए पनि पितृसतात्मक संस्कार र पुरुषवादी सोचका कारण चाहेर पनि विवाह गर्न नसकिएको एकल महिलाहरुले गुनासो गरेका छन ।  

जसका कारण उनीहरु विभिन्न खालको समस्या झेल्न बाध्य छन् । विवाहपछि पत्नीको मृत्युलाई सहज प्राकृतिक प्रकृयाको रुपमा हेरिने नेपाली समाजमा पतिको मृत्युलाई भने भाग्य अनि लक्षिन र अलक्षिनसँग जोडेर हेरिने कुसंस्कार अझै पनि समाजमा व्याप्त छ । उनीहरुले जीवनभर मृत पतिको नाममा जीवन काट्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा एकल महिलाहरुले जोड दिएका छन । 

दुई वर्ष पहिले कैलालीको मसुरिया गाविसकी एक महिला विवाह गरेको ५ महिनामै श्रीमान वितेपछि एकल महिला हुन पुगिन । त्यो बेला उनीसग कुनै सन्तान थिएनन् । उनी मानव अधिकारका लागि महिला एकल महिला समूहमा सक्रिय रुपमा लागिन । त्यसको केही समयपछि अधिकारका लागि महिला एकल महिला समूहको पहलमा मसुरियाकै एक युवकसंग उनको  विवाह भयो । विवाह भएको २/३ महिनामै घरमा सासुले साझ विहानै विधुवा भन्दै छोरा बुहारीसंग झगडा गर्न थालिन र साझ विवाहको झगडा सहन नसकेर उनका श्रीमानले विष खाएर आत्महत्या गरे । 

श्रीमानले विष खाएर आत्महत्या गरेको पिडा सहन नसकेर ती महिलाले पनि अर्कोदिन विष खाएर आत्म हत्या गर्नुप¥यो । 

यो त एउटा उदाहरण मात्रै हो । पतिको मृत्युलाई भाग्य अनि लक्षिन र अलक्षिनसँग जोडेर हेरिने कुसंस्कार र एकल महिलासग पुरुषले विवाहै गर्नु हुदैन भन्ने कुसंस्कार अझैपनि समाजमा व्याप्त भएका कारण  एकल महिलाको अवस्था नाजुक बन्दै गएको छ । उनीहरुले चाहेर पनि विवाह गरेर जीवन सुखमय बनाउन सकेका छैनन् । कानुनले एकल महिलालाई विवाह गर्न छुट दिए पनि समाजले भने त्यसलाई अझै छुट नदिंदा समस्या रहेको  मानव अधिकारका लागि महिला एकल महिला समूहमा क्षेत्रीय सयोजक वेद अवस्थीले बताइन् । उनले विवाह गर्ने इच्छा हुँदाहँुदैं अधिकांश एकल महिलाले समाजको कारण पुनर्विवाह गर्न नसकि रहेको बताइन् । 

संस्कार र संस्कृतिकै आडमा एकल महिलामाथि हुने सामाजिक विभेद जारी छ । मृत्यु सामान्य प्राकृतिक नियम भएता पनि बाल विबाह, अनमेल विबाह, बहु विबाह लगायतका कुसंस्कारका कारण नेपाली समाजमा विगतदेखि नै एकल महिलाहरुको संख्या बढी नै रहेको पाइन्छ । नेपालमा एकल महिलाको संख्या ६ लाख रहेको छ भने कैलालीमा मात्रै ९ हजार ९ सय ८५ एकल महिला रहेको तथ्याङक छ  । 

नकारात्मक दृष्टिकोण, चरित्र हत्या र लाञ्छना, विभिन्न संस्कृति र परम्पराजन्य गतिविधिमा हुने सहभागितामा निषेध, सामाजिक सम्मानको अभाव,  परिवार र छोराछोरीको जिम्मेवारी, आयश्रोतको कमी तथा अभाव, चल–अचल सम्पत्तिको भोगचलन तथा खर्चमा पारिवारिक र सामाजिक प्रतिवन्ध, आर्थिक स्वामित्व प्राप्त गर्न कठिनाइ, अशिक्षा, गरिवी र बेरोजगारीका कारण परनिर्भर हुन बाध्य हुनुजस्ता कारणले त झनै एकल महिलाले समस्यामाथि समस्या भोग्नु परिरहेको बताइएको छ । यी र यस्ता कारणले एकल महिलालाई समाजमा बस्न निकै गाह«ो रहेको क्षेत्रीय अध्यक्ष अवस्थीले बताइन् । उनले एकल महिलाहरु थुप्रै समस्यासंग जुधिरहेको उल्लेख गरिन । 

जीवनभर मृत श्रीमानको नाममा विधवाको उपमा भिरेर सेतो पहिरन लगाएर बस्नुपर्ने अवस्था बदलिदै गएपनि पितृसतात्मक संस्कार र पुरुषवादी सोचका कारण उनीहरुले अन्य महिलाझै विवाह गर्न पाएका छैनन । कसैले त्यस्तो आट गरे मात्रै पनि समाजले छिछि र दुरदुर गर्ने गरेको उनीहरु अनुभव सुनाउछन  । जसको मूख्य कारण अझै जनचेतनामा बृद्धि हुनु नसक्नु बताईएको छ । त्यसैले एकल महिला भईसकेपछि पनि स्वईच्छाले विवाह गर्न पाउनुपर्ने र त्यसका लागि समाजमा सचेतनाको खाँचो रहेको मानव अधिकारका लागि महिला एकल महिला समुहका जिल्ला कोषाध्यक्ष रमना कुँवरले बताइन् । 

एकल महिलालाई समाजमा पुनःस्थापित गराउनका लागि विभिन्न संघसस्थाले अभियानपनि चलाए त्यो प्रयासले जति उपलब्धि हासिल गर्नुपर्ने हो त्या उपलब्धि हासिल गर्न सकेको छैन । तरपनि पहिले एकल महिला भएपछि रोएर बस्ने, यातना सहेर बस्ने र आफना हक अधिकारका लागि  बोल्न नसक्ने महिलाहरुमा केही परिवर्तन भने आएको ती सघसस्थाहरु दावी गर्छन ।  

जीवनभर मृत श्रीमानको नाममा विधवाको उपमा भिरेर सेतो पहिरन लगाएर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि एकल महिलाहरु स्वयमले पनि धर्म र संस्कारका नाममा लगाइएका जंजिरहरु तोडन संगठित भएर लाग्न आवश्यक रहेको कतिपयको भनाइ छ ।  

नर्विवाह गरेर कसैको जीवनमा खुशी फर्किन्छ र त्यसलाई कानुनले समेत मान्यता दिएको छ भने विवाहका लागि इच्छाएका एकल महिलाले पनि विवाह गर्न पाउनु पर्ने र यसलाई समाजले स्वीकार्नु उनीहरु जोड दिन्छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला