२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुई करोड ठगी गर्ने गिरोह चितवनमा पक्राउ

२०७३, २९ पुष शुक्रबार ०६:३१

पुस २९, चितवन । नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुई जनालाई प्रहरीले हालै पक्राउ गरेको हो । 

चितवनका प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार नक्कली जग्गाधनी बनेर कीर्ते गर्ने मध्येका मुख्य व्यक्ति काभ्रेपलाञ्चोक मेथिनकोट गाविस–५ बस्ने ६४ वर्षीय चिरञ्जीवी भुर्तेल र कीर्तेमा संलग्न महोत्तरी डामीमोडेका ३५ वर्षीय अशोककुमार साहलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । 

भुर्तेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र शाहको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले विहिबार एक सूचना जारी गरी जनाएको छ । उनीहरुलाई मुलुकी ऐन कीर्ते कागजको महल र ठगीको महलअन्तर्गत मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

उनीहरुले काठमाडौँका कमल बस्नेतको नाममा चितवनको बछौलीमा रहेको १९ कट्ठा १४ धुर जग्गा नक्कली बस्नेत खडा गरी मालपोत कार्यालय चितवनबाट बाग्लुङ स्थायी घर भई हाल ललितपुर बस्ने मेरसिँह घर्तीको नाउँमा राजीनामा पास गरेका थिए । 

उक्त जग्गा ज्योति विकास बैंक काठमाडौँ कलङ्कीमा धितो २०७२ साल माघ १३ गते नै धितो राखी रु दुई करोड पैसा निकालेका थिए । सक्कली कमल बस्नेतले सो कुरा थाहा पाई २०७२ साल चैत २ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

तत्कालै खोजीका क्रममा संलग्न देखिएका मेरसिँह घर्ती, काठमाडौँ टोखाका ४० वर्षीया दुर्गा केसी, काठमाडौँ वानेश्वरका बिमला थापा र सुर्खेत वीरेन्द्रनगरका रमेश गिरीलाई पक्राउ गरी कीर्ते मुद्दा लगाइएको थियो । 

अदालत पेस गर्दा मेरसिँह घर्ती पुर्पक्षका लागि थुनामा पठाइएको तथा बिमला थापा र दुर्गा केसीलाई जनही रु दुई करोड तथा रमेश गिरीलाई रु एक लाख धरौटी माग गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन