१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुई करोड ठगी गर्ने गिरोह चितवनमा पक्राउ

२९ पुष २०७३, शुक्रबार ०६:३१

पुस २९, चितवन । नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुई जनालाई प्रहरीले हालै पक्राउ गरेको हो । 

चितवनका प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार नक्कली जग्गाधनी बनेर कीर्ते गर्ने मध्येका मुख्य व्यक्ति काभ्रेपलाञ्चोक मेथिनकोट गाविस–५ बस्ने ६४ वर्षीय चिरञ्जीवी भुर्तेल र कीर्तेमा संलग्न महोत्तरी डामीमोडेका ३५ वर्षीय अशोककुमार साहलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । 

भुर्तेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र शाहको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले विहिबार एक सूचना जारी गरी जनाएको छ । उनीहरुलाई मुलुकी ऐन कीर्ते कागजको महल र ठगीको महलअन्तर्गत मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

उनीहरुले काठमाडौँका कमल बस्नेतको नाममा चितवनको बछौलीमा रहेको १९ कट्ठा १४ धुर जग्गा नक्कली बस्नेत खडा गरी मालपोत कार्यालय चितवनबाट बाग्लुङ स्थायी घर भई हाल ललितपुर बस्ने मेरसिँह घर्तीको नाउँमा राजीनामा पास गरेका थिए । 

उक्त जग्गा ज्योति विकास बैंक काठमाडौँ कलङ्कीमा धितो २०७२ साल माघ १३ गते नै धितो राखी रु दुई करोड पैसा निकालेका थिए । सक्कली कमल बस्नेतले सो कुरा थाहा पाई २०७२ साल चैत २ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

तत्कालै खोजीका क्रममा संलग्न देखिएका मेरसिँह घर्ती, काठमाडौँ टोखाका ४० वर्षीया दुर्गा केसी, काठमाडौँ वानेश्वरका बिमला थापा र सुर्खेत वीरेन्द्रनगरका रमेश गिरीलाई पक्राउ गरी कीर्ते मुद्दा लगाइएको थियो । 

अदालत पेस गर्दा मेरसिँह घर्ती पुर्पक्षका लागि थुनामा पठाइएको तथा बिमला थापा र दुर्गा केसीलाई जनही रु दुई करोड तथा रमेश गिरीलाई रु एक लाख धरौटी माग गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह