१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा ठोकर्पा सामुदायिक पुस्तकालय स्थापना

२९ पुष २०७३, शुक्रबार ०७:४५

पुस २९, सिन्धुपाल्चोक । ग्रामीण समुदायलाई ज्ञान, सूचना र प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले ठोकर्पा सामुदायिक स्रोत पुस्तकालय स्थापना गरिएको छ । 

दक्षिण कोरियाको सामसुङ इन्जिनियरिङ र ब्युटिफुल स्टोर्स तथा रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा करिब रु ८५ लाखको लागतमा सो पुस्तकालय निर्माण सम्पन्न भएको हो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जडान गरेको एक किलोवाट क्षमताको सौर्य प्रणालीबाट यहाँका कम्प्युटरलगायत विद्युतीय उपकरण चलाउन एवम् बत्तीको सुविधा उपलब्ध भएको छ । 

सांसद मोहनबहादुर बस्नेत र राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीम वाग्लेले एक समारोहबीच पुस्तकालयको उद्घाटन गर्दै यस किसिमका पुस्तकालयबाट ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्न र स्थानीयस्तरमा सञ्चालित कार्यक्रमलाई संयोजनकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताउनुभयो । 

पुस्तकालय सञ्चालक समितिका अध्यक्ष नेत्र कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा रिड नेपालका राष्ट्रिय निर्देशक सञ्जना श्रेष्ठ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, वन अभियन्ता दिलप्रसाद भण्डारीलगायतका वक्ताले पनि पुस्तकालयको उपादेयताका बारेमा प्रकाश पार्नुभएको थियो । 

तीन तले सो पुस्तकालयमा बाल, महिला, कृषि तथा वन, सूचना प्रविधि, श्रव्यदृश्य, सेमिनार कक्ष रहेका छन् । देशकै ६६औँ सामुदायिक पुस्तकालयका रुपमा निर्माण गरिएको सो पुस्तकालय जिल्लाकै नमुना बनेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह