माघ २, मकवानपुर । मगरहरुको महान् साँस्कृतिक पर्व मकर सगरातीको अवसरमा हेटौँडामा शुभकामना आदन प्रदान गरेका छन् । 

नेपाल मगर संघ मकवानपुरले कार्यक्रमको आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, मकवानपुर । मगरहरुको महान् साँस्कृतिक पर्व मकर सगरातीको अवसरमा हेटौँडामा शुभकामना आदन प्रदान गरेका छन् । 

नेपाल मगर संघ मकवानपुरले कार्यक्रमको आ"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मगरहरुले मनाए माघेसंक्रान्ति

२०७३, २ माघ आईतवार ०२:१५

माघ २, मकवानपुर । मगरहरुको महान् साँस्कृतिक पर्व मकर सगरातीको अवसरमा हेटौँडामा शुभकामना आदन प्रदान गरेका छन् । 

नेपाल मगर संघ मकवानपुरले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा अग्रज मगरहरु, मगर गुठी कार्यसमितिहरुले परम्परागत खानेकुरा घ्यू, चाकु, तरुल, तिलको लड्डु खाएर मगर सगराती मनाएका हुन् ।

कार्यक्रम नेपाल मगर संघ मकवानपुरका अध्यक्ष दुधराज थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्य कुश थापा मगर, मकवानपुरका सल्लाहकार शान्तध्वज राना मगर, टक्करबहादुर थापा मगर, नेपाल मगर महिला संघकी निवर्तमान केन्द्रिय सदस्य रमा राना मगर लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

नेपाल मगर संघ मकवानपुरका सचिव होमबहादुर राना मगरले सहजिकरण गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शंकर थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 थारुको माघी मिलन मनाईयो

मकवानपुरमा बसोबास गर्ने थारु समुदायले माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरि मनाएका छन् । 

कार्यक्रम थारु कल्याणकारिणी सभा मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा मकवानपुर सभापती हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष तीर्थबहादुर थापा मगर, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, थारु कल्याणकारिणी सभाका मकवानपुर उपसभापती किशोरकुमार चौधरी, मानार्थ सदस्य बासुदेव चौधरी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका मकवानपुर सचिव अशोक सुजन श्रेष्ठ, थारु कल्याणकारिणी सभाका मकवानपुर सचिव चन्द्रकान्त चौधरी, सहसचिव अमिता चौधरी लगाएतको आतिथ्य रहेको थियो ।

माघी पर्व आदिबासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँवर्ष पनि हो । यो पर्व हरेक वर्ष मकर संक्रान्तिसँगै पर्ने गर्दछ । माघ १ गतेलाई नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिंदै आएको छ । यसअघि २०५९ सालदेखि सरकारले थारु कर्मचारीलाई मात्र सार्वजनिक विदा दिने व्यवस्था गरेको थियो । 

यसपर्वमा आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा