केदार शर्मा/माघ ३, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले पौष महिनामा झण्डै २८ लाख बराबर राजश्व संकलन गरेको छ । 

ट्राफिक नियमहरुको पालना नगर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केदार शर्मा/माघ ३, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले पौष महिनामा झण्डै २८ लाख बराबर राजश्व संकलन गरेको छ । 

ट्राफिक नियमहरुको पालना नगर्ने"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा ट्राफीको सक्रियता बढ्दै

३ माघ २०७३, सोमबार ०८:३०

केदार शर्मा/माघ ३, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले पौष महिनामा झण्डै २८ लाख बराबर राजश्व संकलन गरेको छ । 

ट्राफिक नियमहरुको पालना नगर्ने ६सय ९०वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप २७ लाख ९४ हजार रकम संकलन गरीएको जिल्ला ट्राफीक प्रहरी कार्यलय चितवनका प्रहरी जबान विश्व नेपाले जानकारी दिनुभएको छ । 

जसमध्ये सबैभन्दा धेरै ट्रक, कार तथा जिप कारबाहिमा परेका छन् । १ महिनाको अबधिमा ९सय ६० ट्रक तथा ९ सय ५ कार जिप कारबाहिमा परेका छन् भने उनिहरुबाट १२ लाख ९७ हजार ५ सय राजश्व संकलन भएको छ ।

त्यस्तै ४ सय ८ बसको कारवाहिबाट ३ लाख २९ हजार ,१ सय ६८ टेक्टर बाट १लाख ३८ हजार ५ सय,१ हजार १ सय ७८ मोटर साईकल कारवाहिबाट९ लाख ४२ हजार र अन्य १ सय ३१ वटा बाट ९५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । 

पछिल्लो समय दिनहु जसो छड्के चेकिङ्ग र ट्राफिकको सक्रियताको कारण दुर्घटनामा समेत कमी आउन थालेको जिल्ला ट्राफिक कार्यलय चितवनका ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारि दिनु भएको छ आफुहरुको सक्रियताको कारण लापरवाहि गर्ने चालकहरुलाई अपराध सम्बन्धी सावर्बजनिक मुद्धा समेत चलाईएको उहाले बताउनुभयो ।

चितजनमा प्रायजसो सबारी साधन अनुमति पत्र लाईसेन्स नभई सबारी साधन चलाउनेहरु कारवाहिमा परेका छन् । त्यस्तै क्षमता भन्दा वढी सामान तथा यात्रु वोक्ने, मादक पदार्थ सेवनगरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालक हरुलाई कारवाही गरीएको समेत प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलयले आफ्नो सक्रियता बढाउनको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रम समेत थालेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह