माघ ४, झापा । झापाको दक्षिणी गाविस टाघनडुब्बा–८ गैरीगाउँस्थित नमुना प्राथमिक विद्यालयमा अध्ययनरत सन्थाल र दलित समुदायका एकसय ४० जना विद्यार्थीलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ ।
धरानको ‘हामी साथी साथी’ नामक संस्थाले त्यहाँका गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई स्वेटर, टोपी, जुत्ता र मोजा वितरण गरेको हो । हामी साथी साथीका सुमन श्रेष्ठ, गोपाल दाहाल, थिरबहादुर श्रेष्ठ लगायतको टोलीले विद्यालयलाई सो सामग्री हस्तान्तरण गरेको थियो । रासस