२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बिग्रिएर रोकेका सवारीले सडक दुर्घटना बढ्यो

१६ मंसिर २०७२, बुधबार ०४:२२

दयाराम आचार्य/ मंसिर १५, नवलपरासी ।
नवलपरासीमा राजमार्गको दुरी लामो भएका कारण र राजमार्ग आसपासमा बस्तिको चाप पनि बढि भएकोले पनि
सवारी दुर्घटना बढि हुने गरेको देखिएको छ ।

यो संगै सडकमा
बिग्रिएर रोकि राखेका साधनले पनि सवारी दुर्घटना बढि हुने गरेको छ । अझ चीसो मौसममा बाक्लो हुस्सु
लागेको समयमा बिग्रिएर सवारी साधन बाटोमा रहदा अन्य सवारी ठोकिएर दुर्घटना बढि हुने गरेको पाईएको जिल्ला
ट्राफिक प्रहरीकार्यलय नवलपरासीले जनाएको छ ।

मंसिर महिनामा
मात्रै भएका चार वटा सवारी दुर्घटना बिग्रिएर सडकमा रोकिराखेका सवारीमा अन्य सवारी ठोकिएर भएका छन

मंसिर ७ गते राति गैडाकोट १० मा रोकिराखेको ट्रकमा यात्रुबहाक
बस ठोकिदा दुई जनाको घटना स्थलमै मृत्यो भयो भने ११ जना गम्भिर घाईते भएका थिए । यस्तै मंसीर ७ गतेनै
कावासोतीको डण्डामा रोकिराखेको बसमा अर्को यात्रु बहाक बस ठोकीन पुग्दा २ जना गम्भिर सहिति १५ जना घाईते
भए भने मंसिर ८ गते राति रामनगरमा सडकमा रोकिराखेको ट्याक्टरमा मोटर साईकल ठक्कर खादा १ जनाको मृत्यु
भएको थियो ।
त्यस्तै गरी मंसिर १२ गते राति चोरमारामा बिग्रिएर रोकिराखेको ट्रकमा जन्ति बस ठोकिदा ८
जना गम्भिर सहित १३ जना घाईते भएका थिए ।

यसरी मंसिर महिनाको १५
दिन भित्रमै सडकमा बिग्रिएर रोकिराखेका सवारीमा अन्य सवारी ठोकिदा भएका ४ वटा सवारी दुर्घटनामा ३ जनाको
मृत्यु तथा ३९ जना घाईते भएको देखिन्छ ।

यस कारण पनि यसरी हुने
दुर्घटना न्युनिकरणको लागि सवारी धनि स्वयम र रातिको समयमा सवारी चलाउने जो कोहि पनि चनाखो हुन आवश्यक
रहेको ट्राफिक प्रहरीको भनाई रहेको छ ।

सडकमा बिग्रिएर रोकि
राखेको सवारी हटाउने कुनै पनि साधन जिल्ला ट्राफिक प्रहरी कार्यलय संग नभएको हुदा सवारी धनि संग चाडो
हटाउ भन्नु भन्दा अर्को बिकल्प नरहेको ट्राफिक प्रहरी कार्यलयका पदम बडुले बताए ।

जिल्ला भरीनै बिग्रिएर रोकिराखेका साधन सडक बाट हटाउन कार्यलयको आफ्नो साधन
नभएको र कति पय अवस्थामा सडकमा सवारी बिग्रिएर राखेको हो वा पार्कि¨ गरी राखेको हो भन्ने जानकारी नहुदा
समेत समस्या भएको बडुले बताए ।

बिग्रिएका साधन सडकमै लामो समय
सम्म छाडदा र रातिको समयमा जहा पायो त्याही सवारी पार्की¨ गर्दा सवारी दुर्घटना बढि हुन अझ चीसो मौसममा
हुस्सुका कारण सडकमा रोकिएका सवारी देख्न नसक्दा अन्य सवारी ठोकीएर दुर्घना बढि हुने गरेको बडुले बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…