१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा भूकम्पपीडितका पुनः लगत सङ्कलन सुरु

५ माघ २०७३, बुधबार ०७:२१

माघ ५, चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको पुनःलगत सङ्कलन सुरु गरिएको छ । 

फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा पठाइएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो । 

पहिलो चरणमा पहाडी क्षेत्रलाई लक्षित गरी १७ जनाको टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अहिलेसबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथरमा टोलीले लगत सङ्कलन सुरु गरेको हो । 

टोलीले कम्युटरमा नै फारम भर्ने, घरको र घर मुलीको समेत फोटो लिएर विद्यमान अवस्थाको मूल्याङ्कन गर्ने भएको छ । इन्टरनेटसमेत उपलब्ध गराइएकाले हरेक दिनको प्रगति विवरण सिधँै सिंहदर पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिनुभयो । 

विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख संयोजक आचार्यले जानकारी दिनुभयो । 

नगरपालिका क्षेत्र र बाँकी अन्य ठाउँमा भने ८ र ९ गते प्रशिक्षण कार्यक्रम गरिने र त्यसलगत्तै टोली परिचालन गरिने छ । जिल्लामा अहिले १८ हजार सात सय ५२ भूकम्पपीडित परिवारले राहतका लागि निवेदन दर्ता गराएका छन् । 

सङ्कलित निवेदनको आधारमा घरघर पुगेर पुनःपरीक्षण गरी लगत सङ्कलन हुने छ । यसअघि सामान्य क्षतिसहित जिल्लामा १५ हजार सात सय ४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार सात सय ५२ पुगेको हो । 

स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरेपछि अहिले इन्जिनियरसहितको टोली परिचालन गरिएको बताउनुभयो । 

पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले रु तीन लाखको राहत प्याकेज दिने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट