माघ ७, नुवाकोट । स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयबासिले छ दिनदेखि यातायात ठप्प पारेका छन् ।   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, नुवाकोट । स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयबासिले छ दिनदेखि यातायात ठप्प पारेका छन् ।  

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट आन्दोलनले उग्र रुप लिँदै, तरकारी बोक्ने गाडीसमेत चल्न सकेनन्

७ माघ २०७३, शुक्रबार ०३:५२


माघ ७, नुवाकोट । स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयबासिले छ दिनदेखि यातायात ठप्प पारेका छन् ।  

मंगलबारबाट कडा रुपमा सुरु भएको आन्दोलनले यहाँको जनजीवन कष्टकर बनेको छ । आन्दोलनलाइ थप कडा परेपछि तरकारी बिक्रीका लागि आउने गाडी समेत चल्न सकेका छैनन् । नागरिकता लिने, मालपोतबाट धनीपूर्जा लिने, गाविस र जिविस लगायतका सेवा लिने सेवाग्राही यातायात ठप्प भएपछि पैदल हिँड्न बाध्य छन् । 

बिहीबार खानीगाउँ-४ ढिकुरेबजारमा भएको सर्वदलीय सभाले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका नपाएसम्म अनिश्चितकाल यातायात बन्द यथावत राख्ने निर्णय गर्दै शुक्रबार जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रमको घोषणा गरेका छन्  । 


त्यति गर्दा पनि आफ्ना मागहरु सुनुवाई नभए अनिश्चितकालिन बन्दलाई जिल्लाब्यापी बनाउने कार्यक्रम तय गरिएको स्थानीयवासी सन्तोष राईले साझासबाललाई जानकारी दिए । बुधबार थानसिङ, सूर्यमतिको पट्टाबारी, खानीगाउँको सीमा माथिल्लो शेरामा टायर बालेर विरोध जनाएका थिए । 

माओवादी केन्द्रका पूर्व खेलकुदमन्त्री हितबहादुर तामाङ र कांग्रेस जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी र जिल्लाका सम्पुर्ण राजनीतिक दलहरुले उनीहरुको माग प्रति ऐक्यबद्धता जनाएका छन् ।  

जिल्लाको पूर्वीभेगबाट यातायात सञ्चालित हुने स्थान रावतबेसी, समुन्द्रटार, सातबिसे, खरानीटार, पञ्चकन्या, थप्रेक, बाहुनबेसी, माछापोखरी, ढिकुरे, आँप्र, चौघडा, थानसिङ, छहरेसम्म सार्वजनिक र निजी  सवारी ६ दिनदेखि ठप्प रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह