माघ ७, नुवाकोट । स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयबासिले छ दिनदेखि यातायात ठप्प पारेका छन् ।   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, नुवाकोट । स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयबासिले छ दिनदेखि यातायात ठप्प पारेका छन् ।  

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट आन्दोलनले उग्र रुप लिँदै, तरकारी बोक्ने गाडीसमेत चल्न सकेनन्

२०७३, ७ माघ शुक्रबार ०३:५२


माघ ७, नुवाकोट । स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयबासिले छ दिनदेखि यातायात ठप्प पारेका छन् ।  

मंगलबारबाट कडा रुपमा सुरु भएको आन्दोलनले यहाँको जनजीवन कष्टकर बनेको छ । आन्दोलनलाइ थप कडा परेपछि तरकारी बिक्रीका लागि आउने गाडी समेत चल्न सकेका छैनन् । नागरिकता लिने, मालपोतबाट धनीपूर्जा लिने, गाविस र जिविस लगायतका सेवा लिने सेवाग्राही यातायात ठप्प भएपछि पैदल हिँड्न बाध्य छन् । 

बिहीबार खानीगाउँ-४ ढिकुरेबजारमा भएको सर्वदलीय सभाले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका नपाएसम्म अनिश्चितकाल यातायात बन्द यथावत राख्ने निर्णय गर्दै शुक्रबार जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रमको घोषणा गरेका छन्  । 


त्यति गर्दा पनि आफ्ना मागहरु सुनुवाई नभए अनिश्चितकालिन बन्दलाई जिल्लाब्यापी बनाउने कार्यक्रम तय गरिएको स्थानीयवासी सन्तोष राईले साझासबाललाई जानकारी दिए । बुधबार थानसिङ, सूर्यमतिको पट्टाबारी, खानीगाउँको सीमा माथिल्लो शेरामा टायर बालेर विरोध जनाएका थिए । 

माओवादी केन्द्रका पूर्व खेलकुदमन्त्री हितबहादुर तामाङ र कांग्रेस जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी र जिल्लाका सम्पुर्ण राजनीतिक दलहरुले उनीहरुको माग प्रति ऐक्यबद्धता जनाएका छन् ।  

जिल्लाको पूर्वीभेगबाट यातायात सञ्चालित हुने स्थान रावतबेसी, समुन्द्रटार, सातबिसे, खरानीटार, पञ्चकन्या, थप्रेक, बाहुनबेसी, माछापोखरी, ढिकुरे, आँप्र, चौघडा, थानसिङ, छहरेसम्म सार्वजनिक र निजी  सवारी ६ दिनदेखि ठप्प रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन