१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

इन्टरपोलका सहभागीलाई भक्तपुरमा भव्य स्वागत

७ माघ २०७३, शुक्रबार ०६:०८

रमेश गिरी, माघ ७, भक्तपुर। अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल) को २३ औँ एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन आएका टोलीलाई भक्तपुरमा भव्य स्वागत गरिएको छ । 

भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक नगरीको रुपमा विश्व प्रख्यात विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर परिसरमा गएराति आयोजना गरेको सांस्कृतिक कार्यक्रममा इन्टरपोलका टोलीलाई स्वागत गरिएको हो । 

काठमाडौँमा सुरु भएको तीन दिने सम्मेलनमा सहभागी हुन नेपाल आएका एसिया क्षेत्रका उच्च प्रहरी अधिकृतहरु, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेपाल प्रहरी, सुरक्षा निकायको उच्च पदस्थ अधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा इन्टरपोलको टोलीलाई नगरपालिकाले स्वागत गरेको थियो । 

बिहीबार राति ७ बजे सुरु भएको भव्य सांस्कृतिक कार्यक्रममा सहभागी इन्टरपोलका टोलीलाई भक्तपुरका परम्परागत ऐतिहासिक महत्व बोेकेका नृत्य एवं झाँकीहरु देखाएर मनोरञ्जन दिइएको थियो । 

कार्यक्रमस्थलमा राखिएका बिभिन्न रङ्गका बत्तीले दरबार स्क्वायर परिसरमा रहेका प्रसिद्ध पचपन्न झ्याले दरबार, भूपतिन्द्र मल्लको सालिक, गोल्डेन गेट लगायतका संरचना आकर्षक देखिँदा सहभागी टोलीहरुले सम्पदाको खुलेरै प्रशंसा गरेका थिए । 

कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट प्रस्तुत गरिएको स्थानीय परम्परागत, ऐतिहासिक र धार्मिक महत्व बोकेको माक प्याखः नाच, देवी नाच, लाखे नाच लगायतका विभिन्न नाच हेर्दै मदहोस भएका टोलीले रात छिप्पिँदै गएको पत्तै पाएनन् । 

कार्यक्रममा सांसद एवं भक्तपुर नगरपालिकाका पूर्व नगरप्रमुख प्रेम सुवालले इन्टरपोलका महासचिव जुर्गेन स्टकलाई भक्तपुरको चिनोस्वरुप मयूर झ्याल प्रदान गर्नुभएको थियो । 

राति करिब ९ः३० बजेसम्म सञ्चालित सांस्कृतिक कार्यक्रम हेरेपछि कार्यक्रम स्थलमा गाला डिनर गराइएको थियो भने नेवारी परम्परा अनुसार प्यालामा रक्सी वितरण गरेर परम्पराको झल्को दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह