१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा नेपाली सेनाद्वारा सडक निर्माणमा तीव्रता

७ माघ २०७३, शुक्रबार ०८:११

रामचन्द्र न्यौपाने, माघ ७, डोल्पा । सदरमुकाम दुनैसम्म सडक पु¥याउनका लागि भेरी करिडोरको निर्माण कार्यलाई तीव्र पारिएको छ । 

जाजरकोट–डोल्पा सडकखण्डको करिब ११८ किलोमिटर सडकमध्ये १०६ किलोमिटरको काम पूरा भइसकेको छ । डोल्पा–रुकुमको सीमावर्ती क्षेत्र त्रिवेणी बजारबाट दुनैसम्मको करिब १२ किलोमिटर सडकखण्डको ट्र्याक खोल्न बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्ड निर्माण कार्यदलका प्रमुख सेनानी विश्ववन्धु पहाडीले जानकारी दिनुभयो । 

बाँकी रहेको सडकखण्ड ठूला ठूला भिरपहरायुक्त भएकाले निर्माण कार्य अत्यन्तै जोखिमपूर्ण रहेको उहाँको भनाइ छ । पर्याप्त बजेटको अभाव हुँदा समयमै सडक निर्माण गर्न सकिने अवस्था छैन । आवश्यक बजेट विनियोजका लागि सरकारसँग आग्रह गरिएको छ । चालु आवमा सरकारले रु १७ करोड बजेट विनियोजन गरेको छ । 

डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न जाजरकोट, रुकुम र डोल्पाका ६ स्थानमा निर्माण बेस क्याम्प खडा गरेर काम अगाडी बढाइएको पहाडीले बताउनुभयो । “आगामी आवमा आवश्यक बजेट प्राप्त भए एक वर्षभित्र ट्र्याक खोल्न सक्छाँै,” उहाँले भन्नुभयो । सेनाले अहिले त्रिवेणी, करोपगाड र खदाङमा सडक निर्माण गरिरहेको छ । 

नेपाली सेनाले जाजरकोट–रुकुमखण्डको ७८ किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी डोल्पा सिमानासम्म सडक जोड्न सफल भएको छ । गत साउनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यको उद्घाटन गर्नुभएको थियो । जिल्लाको त्रिवेणीसम्म ट्र्याक खुलेपछि यातायातका साधन सञ्चालनमा आएका छन् । यसबाट डोल्पालीको जीवनस्तरमा सहजता आएको छ । 

त्रिवेणी बजारसम्म गाडी पुगेपछि तल्लो डोल्पाका कालिका, सर्मी, नर्कुलगायत गाविसका बासिन्दा लाभान्वित भएका छन् । “अब दुई दिनमै नेपालगन्ज पुग्न सकिन्छ, जहाज चढ्न विमानस्थलमा हप्ताँै कुर्नुपर्ने बाध्यता हटेको छ,” त्रिपुराकोट–२ का जयस उपाध्यायले खुशी व्यक्त गर्नुभयो । 

यातायात सञ्चालनसँगै अब डोल्पालीलाई महँगो हवाईभाडा तिर्नुपर्ने बाध्यता केही हदसम्म कम भएको छ । दुनैसम्म सडक पुगे यहाँको विकासले तीव्र गति लिनेछ । यहाँका नागरिकको आर्थिक, राजनीतिक, सामाजिक चेतनासमेत वृद्धि हुने उपाध्याय बताउनुहुन्छ । 

“दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध हुन थालेको छ, मूल्यमा पनि कमी आएको छ,” त्रिपुराकोटका–२ का पुरीप्रसाद हमालले भन्नुभयो । दुई दशक अगाडीसम्म यहाँका नागरिकलाई नेपालगन्जसम्म पुग्न महिनौँ हिँड्नु पर्ने बाध्यता थियो । बाटोघाटो सहज नहुँदा कयौँले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । अहिले डोल्पालीको जीवनशैलीमा परिवर्तन आएको छ । 

“बल्ल विकासको आभास हुन थालेको छ । अब हाम्रो आर्थिक अवस्थामा सुधार आउने विश्वास छ,” ल्हाँ गाविस– १ का लक्ष्मीकान्त उपाध्यायले भन्नुभयो– “सरकारले अघिल्ला आवसम्म पर्याप्त बजेट छुट्याएको भए सडक खन्ने कार्य सम्पन्न भइसकेको हुन्थ्यो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह