१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका ५० जना विद्यार्थीले पाए सद्भाव छात्रवृत्ति

८ माघ २०७३, शनिबार १२:२७

ताराबहादुर महत, माघ ८, दोलखा ।

माध्यामिक तहमा अध्ययनरत दोलखाका ५० जना  विद्यार्थीहरुलाई  आज चरीकोटमा सद्भाव छात्रवृत्ति प्रदान गरीएको छ । 

भिजी फउण्डेसनको सहयोग र जिज्ञासा दोलखाको समन्वयमा हिमालयन क्लाईमेट इनिसियटिभ नामक संस्थाले कक्षा ९ र १० मा अध्ययनरत गरीब, विपन्न, जेहन्दार तथा अभिभावकविहिन बालबालिकाहरुलाई विद्यालय पोसाक, झोला, कापी, कलम, क्याल्कुलेटर लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । जिल्लाको भिम माध्यामिक विद्यालय दोलखा, कुटीडाँडा माध्यामिक विद्यालय मकैबारी, साँगुते माध्यामिक विद्यालय फस्कु, कालापानी माध्यामिक विद्यालय जफे, महेन्द्रदय माध्यामिक विद्यालय माटी, निकोभुमे माध्यामिक विद्यालय बाबरे लगायत विभिन्न २० वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

नेपालीले नेपालीलाई सहयोग गर्ने उद्धेश्यका साथ विदेश तथा स्वदेशमा रहेका नेपालीहरुबाट संकलित रकमबाट आर्थिक अभावका कारण शिक्षलाई निरन्तरता दिन कठिनाई परेका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको सद्भाव छात्रवृत्तिका जापानदुत राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वयमसेवी कार्यक्रम संयोजक अर्जुन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दोलखाका   अध्यक्ष हिराकुमार थोकर, जिल्ला शिक्षा समिति दोलखाका सदस्य श्रीबाबु कार्की, आर्थिक पत्रकार समाज दोलखाका अध्यक्ष दिल बहादुर केसी, अनेरास्वियु दोलखाका सहसचिव राजकुमार ढुङगेल, जिल्ला बाल कल्याण समिति दोलखाका सदस्य राजन बस्नेत लगायतले मन्तव्य व्यक्त  गर्नु भएको थियो । दोलखामा गत वर्षदेखि वितरण शुरु भएको छात्रवृत्ति हालसम्म ७४ जनालाई  प्रदान गरीएको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह