१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा औद्योगिक व्यापार मेला आयोजना हुदै

२९ पुष २०७२, बुधबार ११:२१

पुस २९, परासी । नवलपरासी उद्योग
बाणिज्य संघले पश्चिमाञ्चल स्तरीय ब्यापार मेला लगाउने भएको छ । मधेश आन्दोलन र भारतीय नाकाबन्दीको
मारबाट ब्यापारी तथा सर्ब साधारण थलीयको समयका बाबजुद पनि उद्योग बाणिज्य संघले ब्यापार मेला लगाउने
भएको हो ।
आउदो माघ २९ देखी ११ गते सम्म मेला संचालन हुने छ । बुधबार चेम्बर भबन परासीमा आयोजीत
पत्रकार सम्मेलनमा जिल्लाका उत्पादित बस्तुहरुलाई प्रबद्र्धन गर्ने र व्यवसाय व्यपार फस्टाउने उद्देशयले
मेला आयोजना गरिदै संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।


गत २०६७ सालमा पनि बिभन्न अबरोधका बिच संघले पहिलोे पटक मेला लगाएको थियो । । सो
मेला सदरमुकाम परासीमा लगाईएकोमा यस पटक भने प्रतिकुल राजनीतिक परिस्थितीलाई मध्यनजर गरी सदरमुकाम परासी
भन्दा नौ किलोमीटर उत्तर हाईवे क्षेत्र स्थित सुनवल नगरपालीकामा मेला लगाईने संघका अध्यक्ष थापाले
जानकारी दिएका छन ।

कृर्षि, पर्यटन, उद्योग, ब्यापार
प्रबर्धन, तथा सूचना प्रबिधिलाई समेटेर मेला आयोजना गरीएको पत्रकार सम्मेलनमा माहा सचिव गिरीराज
पाण्डेले जानकरी दिएका छन । मेलामा ३ सय स्टलहरु रहने छन तथा नेपाल तथा भारतका गरी तिन लाख दर्शकले मेला
अवलोक गर्ने र ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने संघको अपेक्षा रहेको संघका बरिष्ठ उपाध्यक्ष
नरेन्द्र कुमार गुपताले जानकारी दिनु भयो ।

मेला
संचालनकालागी ६५ लाख खर्च हुने अनुमान गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । मेलामा तयारी
पोशाक, जुत्ता छाला र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपयोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु,
खाद्य परीकार, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु,
पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु राखिने माहा सचिव पाण्डेले बताएका छन ।


मेला आउने दर्शहरुलाई बिभिन्न धार्मीक तथा पर्यटकीय क्षेत्रको अबलोकन
गराईने मेला आयोजकले जनाए । मेलामा राष्टिय तथा स्थानीय कलाकारको सास्कृतिक कार्यक्रम आयोजना गरिने
पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेला सफल पार्न विभिन्न १९ वटा उप समिति गठन गरिएको जनाइएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव