२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

लिखु खोलाको पुल वैशाखसम्म बन्ने

२०७३, ९ माघ आईतवार ०७:२२

माघ ९, रामेछाप । गुम्देल गाविस र सोलुुखुम्बुको चौँलाखर्क जोड्ने लिखु खोलाको पुल निर्माण पाँच वर्षमा पनि पूरा हुन सकेको छैन । 

विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियादेवी कन्स्ट्रक्सनबीच सम्झौता भई पुल निर्माणको गति अहिले भने बढेको छ । 

बढीमा डेढ वर्षभित्र पुल निर्माण भइसक्ने शिलान्यास भएको बेला तत्कालीन स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी र ठेकेदारले भने तापनि हालसम्म पुल निर्माण नहँुदा रामेछाप बाम्तिभण्डार हँुदै राजधानी चल्न सक्ने सडक निर्माणको काम अवरुद्ध तथा राजधानीदेखि यस क्षेत्रबाट सोलुखुम्बुका केही गाविसमा पुग्ने यातायातका साधन कोसीवारि नै थन्किन बाध्य छन् । सोलुुखुम्बुको कोसीपारिका गाविस गोल, चौँलाखर्क र भकान्जेका बासिन्दा थप मर्कामा परेका छन् । 

रु तीन करोड ५० लाखको लागतमा समझौता भएको सो ट्रस ब्रिजको निर्माण दुई वर्ष अवरुद्ध भएको थियो । विसं २०७० असार मसान्तसम्ममा निर्माण भइसक्नुपर्ने थियो । अघिल्लो वर्षको चैत सांसद बलबहादुर केसी र डोलिडारका प्राविधिकसहितको उपस्थितिमा सार्वजनिक सुनुवाई गरी ठेकेदारलाई दबाब दिएपछि काम सुरु भएको थियो । 

अन्तिम पटकका लागि एक वर्षको म्याद थप भएकाले २०७४ असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने दबाब भएपछि हाल काम भइरहेको छ । अहिले रामेछापतर्फको स्तम्भ र निर्माण सकिएको तथा सोलुखुम्बुतर्फको निर्माणका लागि बेरिङ नआइपुगेकाले निर्माण हुन सकेको छैन । सकेसम्म वैशाखभित्र पुल निर्माण भइसक्ने सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनका प्रोप्राइटर मदन बस्नेतले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन