२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मरहा नदीको छेउमा जीवन जिउने सपना बुन्दै महिला

२०७३, ९ माघ आईतवार ०९:३१

धनवीर महतो, माघ ९, महोत्तरी । मौसम परिवर्तनसँगै क्रमिक रुपमा बढ्दै गएको शीतलहर सहितको कठ्याङ्ग्रिँदो जाडोमा समेत महोत्तरीका महिला मरहा नदीमा दिनभरि नै नदीजन्य सामग्री सङ्कलन गर्नमा व्यस्त देखिन्छ । गौशाला नगरपालिका–७ स्थित मरहा नदीमा प्रत्येक दिन बिहानदेखि साँझसम्म दर्जनौँ महिला हातमा साबेल र बालुवा गिट्टी चाल्ने जाली लिएर नदीजन्य पदार्थ सङ्कलन गर्दै आएका हुन् । 

गौशाला नगरपालिका—७ की ३५ वर्षीया कमलीदेवी साहले लुगलुग काम्ने जाडोमा पनि एकाबिहानै खाजा र दिउँसोको खानापानी लिएर नदीमा पुग्ने गरेको बताउँछिन । घरमा ताल्चा लगाएर स–साना बालबच्चासहित खोलामा दिनभरि नै काममा व्यस्त रहने उनी झम्मक साँझ परेपछि मात्र घर फर्किने गरेको सुनाइन्। 

ऐलानी जग्गामा घर बनाएर वर्षौंदेखि बसोबास गर्दै आएकी कमलीले हातमुख जोड्नका लागि अन्य उपाय नभेटाएपछि पेट पाल्नका लागि भए पनि खोलामा दिनभरि नै कडा परिश्रम गर्दै आएकी हुन् । चार दिनसम्म खोलामा दिनभरि पानीबाट ग्राभेल छान्दा बल्ल बालुवा, गिट्टी र ढुङ्गाबाट रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । एक त कामअनुसार दाम नहुने त्यसमाथि पनि व्यापारीले मोलमोलाइ गर्दा दुई–चार सय घटी नै हुने गरेको उनले सुनाइन् । 

नजिकै उच्च माविसम्मको विद्यालय सञ्चालन भएपनि कमलीका चार सन्तानमध्ये कुनैपनि पढ्न जाँदैनन् । कमलीजस्तै नदीजन्य पदार्थ सङ्कलन गर्दै आएकी गौशाला नगरपालिका—७ की ४० वर्षीया सुशीलादेवी महतोले खोलामा बाढी आउने तीन महिनासम्म काम गर्न नपाउँदा साहुसँग ऋण लिई घरपरिवार चलाउँदै आएको उनले सुनाइन् । 

१३ वर्षको उमेरदेखि खोलामै जीवन खोजिरहेका सुशीला भन्छिन्– “दिनभरि पानीबाट बालुवा छानेर जम्मा गर्छौं । कहिलेकाहीँ खोलामा आएको बाढीले बालुवा, गिट्टी बगाएर लान्छ,त्यतिखेर गरिबको आँखाबाट आँसु खस्छ । आँसु पुछिदिनेवाला कोही हुँदैन ।” बर्सातमा काम नपाएर साहुसँग ऋण गरेर खाने सुशीला एक्ला पात्र होइनन् । उनीजस्ता अनेक छन् जो खोलामा बालुवा चालेर जीवन जीउने सपना देख्ने गर्दछन् । 

“बर्खामा साहुसँग लिएको ऋण तिर्दा र हातमुख जोड्न खाना जुटाउँदैमा कमाएको रुपैयाँ ठिक्क हुन्छ,” साबेल चलाउँदा—चलाउँदै पट्पटी फुटेको हत्केला र बालुवाले फुटेको कुर्कुच्चा देखाउँदै शिलाकुमारी साहले भनिन्, “परिवारलाई एक गाँस खाना जुटाउने धुनमा हामी हाम्रो पीडालाई भुल्छौँ । राति सुत्ने बेलामा कुर्कुच्चाको दुखाइले राम्रोसँग सुत्न पाउँदैनौँ ।” 

स्थानीय जिवछी सदा मुसहरका अनुसार बालुवा छान्न दिनभरि नै मिहेनत गर्नुपर्दछ । अनि मात्र केही रुपैयाँ आम्दानी हुन्छ जसले जसोतसो घर परिवार चलाउनुपर्छ । खोलामा बालुवा चाल्न गरिबका बालबालिका अझ पनि स्कुल जान पाएका छैनन् । उनीहरु अभिभावकसँग खोलमै बालुवा गिट्टी चालेर दिन बिताउँछन् । बस्तीको छेउमै त्रिभुवन उच्चमावि गौशाला हुँदा पनि उनीहरु गरिबीकै कारण पढ्न पाएका छैन । 

खोलामा बलुवा चाल्ने गरिब बालबालिका देशका कर्णधार र वर्तमानका हकदार गरिब तथा विपन्न वर्गका बालबालिका शिक्षामा पहुँचमा आउन नसकेको स्थानीयवासी रामबाबु यादवले बताए । बालुवा चाल्नेको आफ्नो घर नभएकाले उनीहरुमध्ये अधिकांशले गौशाला बजारमा घर भाडामा लिएर बस्दै आएको यादवले जानकारी दिनुभयो । उनीहरुमध्ये अधिकांश परिवारका बच्चाको जन्मदर्ता, अभिभावकको विवाह दर्ता, नागरिकता नरहेको स्थानीयवासी चाँदनीकुमारी महतोले बताइन् । 

गरिबका बालबालिका विद्यालय भर्नाको समयमा उनीहरु सबै विद्यालय आए पनि विद्यालयमा टिक्न नसकेको गौशाला स्रोत केन्द्रका स्रोतव्यक्ति दीपक बरालले बताए । उनका अनुसार अहिले पनि त्यस समुदायका बच्चाको नाम विद्यालयमा छ । तर ती बच्चालाई अभिभावकले पढ्न नपठाई आफ्ना सहयोगीका रुपमा दिनभरि नै आफूसँग काममा लगाउँदै आएको स्रोतव्यक्ति बरालको भनाइ छ । 

गौशाला स्रोत केन्द्रका अनुसार यस क्षेत्रका ३५ वटा विद्यालयका ११ हजार बालबालिकामध्ये अझै पनि ६६० विद्यार्थी विद्यालय बाहिरै छन् । उनीहरुमध्ये सबै दलित, गरिब तथा विपन्न वर्गका बालबालिका हुन् । महोत्तरीका अझै पनि गरिब तथा विपन्न समुदायका झन्डै ३० हजार बालबालिका गरिबीका कारणल स्कुल बाहिरै रहेको तथ्याङ्क छ । गौशाला वरपरका अल्पसङ्ख्यक मुसहर, पासमान, साह, डोम जस्ता एक सय ५० घरघुरीका गरिब तथा विपन्न मरहा खोलामा नदीजन्य पदार्थ सङ्कलन गरेर कष्टपूर्ण तरिकाले गुजारा चलाउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने