२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पानी अभावले निजी आवास पुनःनिर्माणमा सकस

२०७३, ९ माघ आईतवार ०९:५९

प्रशन्न पोखरेल, माघ ९, गोरखा । बुङ्कोट–४ की हिमकुमारी खनालले घर बनाउन काठ, ढुङ्गा, गिट्टी, बालुवा, इँट्टा, छड र काम गर्ने कामदारसहित ठेकेदार खोजिसक्दा पनि खुरुखुरु घर बनाउन पाउनुभएको छैन । 

“घर बनाउने सबै सरसामान जुटाएँ । पानीको अभावले खै र घर बनाउन पाएको रु”, घर बनाउन किन ढिलाइ गर्नुभएको भन्ने प्रश्नमा खनालको भनाइ छ, “घर नबनाऊँ भने टहरोमा कतिन्जेल बसूँ रु बनाऊँ भने पानी छैन, कसरी बनाउने रु”, निजी आवास निर्माणलाई सरकारले दिएको रु ५० हजार पहिलो किस्ता बुझिसकेको भए पनि पानीको अभावले घर बनाउने आँट नआएको उहाँको भनाइ छ । 

पानी अभाव भए पनि घर बनाउन कम्मर कसेर लाग्नुभएका बुंकोट–४ का गुणकान्त खनाल आधाआधी घर निर्माण नहुँदै आजित भइसक्नुभएको छ । ट्याङ्करमा बोकेको पानीले घर बनाउन नसकिने जनाउँदै उहाँले भन्नुभयो, “एक तला घर बनाउँदा चार ट्यांकर पानी सकियो ।” एक ट्यांकर पानी ल्याउँदा रु चार हजार पाँच सय बुझाउनुपर्ने खनालको भनाइ छ । एउटा घर निर्माण गर्दा कम्तीमा रु एक लाखको पानी खरिद गर्नुपर्ने भएपछि बुंकोटवासी समस्यामा छन् । 

वरपर खोलानाला नभएको सुख्खा डाँडामा बुंकोटका बस्ती छरिएर रहेका छन् । अधिकांश भूकम्पपीडित लाभग्राहीले पानीकै समस्याले गर्दा घर निर्माण सुरु नगरिएको जिकिर गर्छन् । बुंकोट–३ का मधुकर वन्तले पानीको समस्या हल नहुँदासम्म टहरामै दुःखजेलो गरी बस्ने अठोट लिनुभएको छ । “खानेपानी लिन पनि भिडभाड हुने धाराबाट पानी बोकेर घर कसरी घर बनाउने रु”, उहाँले भन्नुभयो, “जति हिउँद छिप्पिँदै गयो उति पानीको अभाव खड्किँदै जान्छ, घर थाले पनि पूरा गर्न सकिँदैन ।” 

छिटो घर बनाएर बस्ने धोको भए पनि पानी कुर्दा केही महिना अझै टहरामै बस्नुपर्ने अवस्था देखिएको वन्तको भनाइ छ । बुंकोटका खाब्दी, पोखरीडाँडा, जोगीडाँडा र मैलुङ क्षेत्रमा भूकम्पले घर ध्वस्त बनाएको थियो । यी भेगमा पानी समस्या पहिलदेखिकै हो । 

पानीको अभावले गर्दा भनेका बेला भूकम्प प्रभावितले घर बनाउने काम गर्न पाएका छैनन् । भूकम्पको केन्द्र बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, बुंकोट, बोर्लाङ, नाम्जुङ, फुजेल, ताक्लुङलगायत क्षेत्रमा पानीको अभाव चुलिँदो छ । पानीको अभाव टार्न भन्दै केयर नेपालले करिब रु तीन करोड ५० लाख लगानी गरी बारपाकमा खानेपानी योजना अघि बढाएको छ । 

नेपाल स्वास्थ्यका लागि पानी नेवामार्फत बर्खाको पानी घँैटोमा सङ्कलन गर्ने योजना पनि गाउँ गाउँमा विस्तार गरिएको छ । जिल्लाका ५८ हजार पाँच सय तीन भूकम्पपीडित लाभग्राहीमध्ये ५४ हजार जनाले रु ५० हजारका दरले निजी आवास निर्माण गर्न बैंकमार्फत अनुदान रकम बुझिसकेका छन् । 

अनुदान पाएका सबै भूकम्पपीडितले पानी, काठ, कामदार अभावले गर्दा घर बनाउन पाएका छैनन् । जिल्लाभर करिब तीन हजार घर निर्माणाधीन रहेको र सोह्र सय जनाले दोस्रो किस्ता जिकिर गरेको जिल्लास्थित भवन डिभिजन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ