१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अर्ना लिन प्राविधिक टोली कोसीटप्पुमा

१० माघ २०७३, सोमबार ०६:११

माघ १०, चितवन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याउन यहाँको प्राविधिक टोली त्यहाँ पुगेकोे छ । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा अर्का एक डाक्टर र तीनजना वन्यजन्तु प्राविधिकको टोली आइतबार साँझ कोसी टप्पु पुगेको हो । 

डा गैरेका अनुसार आजबाट आरक्षभित्र कहाँबाट के कस्ता अर्ना लैजान सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन थालिनेछ । 

आरक्षको भागलपुर, पत्थरी, कमालपुरलगायतका क्षेत्रबाट अध्ययन थालिने उहाँले बताउनुभयो । तीन÷चार वर्ष उमेरका अर्ना ल्याइने तयारी गरिएको छ । समाउनुअघि बेहोस पार्नुपर्ने वा नपर्ने ९डार्ट० त्यसको यकिन नभइसकेको गैरेले बताउनुभयो । 

अर्ना ल्याउने तीनवटा खोरसहित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको नेतृत्वमा सहायक संरक्षण अधिकृत, प्रकृति संरक्षण कोषका प्रतिनिधिलगायतको टोली भोलि त्यसतर्फ जाँदैछ । 

कँडेलका अनुसार पहिलो चरणमा एउटा भाले र एउटा पोथी अर्ना ल्याउने तयारी गरिएको छ । 

यसअघि गैँडा स्थानान्तरणको समयमा बनाएको एउटा खोर र अहिले अर्नाका लागि बनाइएको दुईवटा खोर ट्रकमा राखेर भोलि त्यसतर्फ लगिँदैछ । मन्त्रीको उपस्थितिमा माघ १४ गते चितवन राष्ट्रिय निकुञ्जमा अर्ना छाड्ने तयारी गरिएको छ । 

वनमन्त्रीले समय उपलब्ध गराएपछि सोहीअनुरुप काम अगाडि बढाएको भए पनि प्राविधिक काम भएकाले सोही दिनसम्म ल्याउन सकिने वा नसकिने यकिन भने भइसकेको छैन । 

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर ९इन्क्लोजर० निर्माण कार्य सम्पन्न भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । 

भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको उहाँले बताउनुभयो । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएकाले अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । 

यससँगै कोसीटप्पु वन्यजन्तु आरक्षबाट पाँच भाले र १५ वटा पोथी अर्ना ल्याउने निकुञ्जको योजना छ । सदर चिडियाखानामा रहेका दुई अर्ना पनि ल्याइँदैछ । अर्नापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २५ वटा बाह्रसिङ्गे ल्याइने भएको छ । पाँचवटा भाले र २० वटा पोथी बाह्रसिङ्हे ल्याउन लागिएको कँडेलले बताउनुभयो । 

इन्क्लोजरभित्र ४०० मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान हो । 

एकै ठाउँमा रहेका वन्यजन्तु अर्को ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने हुँदा निकुञ्ज विभागले देशका विभिन्न राष्ट्रिय निकुञ्ज र आरक्षबाट वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । 

गतवर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया स्थानान्तरण गरिएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, हात्तीलगायतका जनावर हेर्न बर्सेनि दुई लाख हाराहारी पर्यटक आउने गर्छन् । अर्ना र बाह्रसिङ्गेसमेत यहाँ थपिएपछि पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची