ताराबहादुर महत, माघ १०, दोलखा । अहिले दिईरहेको सेवालाई थप चुस्त दुरुस्त बनाउन दोलखाका कार्यालय प्रमुखहरुले प्रतिबद्धता जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय दोलखाद्वारा आज चरिकोटमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, माघ १०, दोलखा । अहिले दिईरहेको सेवालाई थप चुस्त दुरुस्त बनाउन दोलखाका कार्यालय प्रमुखहरुले प्रतिबद्धता जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय दोलखाद्वारा आज चरिकोटमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा न"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सेवालाई चुस्त दुरुस्त बनाउने दोलखाका कार्यालय प्रमुखहरुको प्रतिबद्धता

२०७३, १० माघ सोमबार १३:२७


ताराबहादुर महत, माघ १०, दोलखा । अहिले दिईरहेको सेवालाई थप चुस्त दुरुस्त बनाउन दोलखाका कार्यालय प्रमुखहरुले प्रतिबद्धता जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय दोलखाद्वारा आज चरिकोटमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा नागरिकसँगको अन्र्तक्रियामा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रविन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, विद्युत प्राधिकरण दोलखाका प्रमुख उमेश श्रेष्ठ, सडक डिभिजन कार्यालयका इन्जिनियर कृष्ण कुमार महतो, नापि अधिकृत अर्जुन पोखरेल, भिमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर वि.क लगायतले नागरिकका जिज्ञासामाथि जवाफ दिँदै भएका कमीकमजोरी सच्याउँने वचन बद्धता दिएका हुन ।

नागरिकलाई कसले के जवाफ दिए ?

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा ः उहाँले नागरिकले पाउने सेवालाई प्रभावकारी र कर्मचारीलाई जिम्मेवार बनाउन कार्यालय प्रमुखहरुको मासिक हाजिरी सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यसैगरी बजारमा देखिएको मुल्य बृद्धि र कालो बजारीबारे अनुगमन गर्न अनुगमन समितिलाई १÷२ दिनमै सक्रिय बनाउने पनि उहाँले बताउनु भएको छ । यसका साथै उहाँले कालिञ्चोकमा निमार्ण हुन लागेको केबलकार सम्बन्धिको विवादको जिज्ञासामा वन कार्यालय र गुठी संस्थान दुवै सरकारी निकाय भएकोले केन्द्रिय तहबाटै निर्णय लिईने पनि जानकारी गराउनुभयो ।

विद्युत प्राधिकरण प्रमुख उमेश श्रेष्ठ ः उहाँले चरिकोट बजारदेखि दुर्गम ठाउँहरुमा समेत विद्युत चोरी भईरहेको र कारबाहीको दायरामा ल्याउन खोज्दा उच्च ओहोदाका व्यक्ति र निकायहरुबाटसमेत कारबाही नगरी रिहा गर्न दबाब आउने गरेको खुलासा गर्नुभयो । त्यसैगरी बत्ति गएको समयमा स्वीच अफ गरेर बत्ति पुन शुचारु भएको समयमा आउन सक्ने हाई भोल्टेजका कारण हुने क्षतिबाट बच्न नागरिकहरुलाई सुझाव समेत दिनुभएको छ ।

सडक डिभिजनका इन्जिनियर कृष्णकुमार महतो ः उहाँले खाडीचौर – चरिकोट र चरिकोट –सिँगटी सडक खण्डमा भईरहेको स्तरोन्नतिका कारण सडक धुलाम्मे हुँदा बढ्न सक्ने प्रदुष्ण र दुर्घटना कम गर्न आफ्नो कार्यालयले केहि गर्न नसक्ने र सक्दो चाँडो काम सकाउनका लागि निमार्ण व्यवसायी(ठेकेदार)हरुलाई अनुरोध गर्ने जानकारी दिनुभयो ।


राष्ट्रिय पुननिमार्ण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्य ः उहाँले दोलखाको भेड्पु गाविसको जग्गा समस्याका कारण भुकम्प पिडितले निजि आवास निमार्णका लागि सरकारी अनुदान पाउन नसकेको सन्दर्भमा कार्यविधि परिमार्जन भई स्थानिय निकायको सिफारिस र स्थानियको सर्जिमिनमा जिल्ला विकास समितिले छिट्टै काम थाल्ने तयारी भईरहेको बताउनुभयो । त्यसैगरी भुकम्प पिडितले लाभग्राहिको सुचीमा आफ्नो नाम छुटेको भन्दै दोलखाका २१ हजार ७ सय १२ जनाले गुनासो दर्ता गरेकोमा पुननिमार्ण प्राधिकरणले १६ हजार २ सय २५ वटा गुनासो सुनुवाई भएको पनि जानकारी दिनुभयो ।


भिमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर वि.क ः उहाँले चरिकोटमा बसपार्क र बधशाला निमार्ण तथा फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भईरहेको जानकारी दिनुभयो । त्यसैगरी नगरपालिकासँग रहेको दमकल प्रयोग गरी चरिकोट बजार क्षेत्रको सडकमा रहेको धुलोको समस्या कम गर्न जनशक्ति नभएको र जिल्लाका अन्य निकायसँग पहल कदमी भईरहेको पनि उहाँको भनाई थियो । यसका साथै नगरपालिका भित्र व्यावसायिक प्रायोजनका लागि ५ तला र आवासिय प्रायोजनका लागि ३ तला सम्मको मात्र घर बनाउन पाईने भएकोले नियम विपरित भएमा त्यस्ता घर भत्काईँने र यसमा सबैले सहयोग गर्नुपर्ने अधिकृत वि.कले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला