ताराबहादुर महत, माघ १०, दोलखा । प्रस्तावित चरिकोट अस्पतालले एक बर्षको अवधिमा ५८ हजार विरामीलाई सेवा प्रवाह गरेको जनाएको छ ।

न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको समन्वयमा स्वास्थ्य सेवा संचालन गरेको  ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, माघ १०, दोलखा । प्रस्तावित चरिकोट अस्पतालले एक बर्षको अवधिमा ५८ हजार विरामीलाई सेवा प्रवाह गरेको जनाएको छ ।

न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको समन्वयमा स्वास्थ्य सेवा संचालन गरेको  ए"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एक बर्षमा ५८ हजार विरामीको उपचार

१० माघ २०७३, सोमबार १३:४०

ताराबहादुर महत, माघ १०, दोलखा । प्रस्तावित चरिकोट अस्पतालले एक बर्षको अवधिमा ५८ हजार विरामीलाई सेवा प्रवाह गरेको जनाएको छ ।

न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको समन्वयमा स्वास्थ्य सेवा संचालन गरेको  एक बर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । अस्पतालका निर्देशक बुसन प्रसाँईका अनुसार एक हजार १ सय भन्दा बढी विरामीले  विभिन्न प्रकृतिको शल्यक्रिया सेवा लिएका छन । त्यसैगरी ८ सय ११ जनाले प्रसुति सेवा लिएका छन । जसमध्ये ८६ जनाले शल्यक्रियासहितको सेवा लिएको जनाईएको छ ।

यस अस्पतालबाट दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौं लगायतका जिल्लाका बासिन्दाहरुले सेवा लिएको मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । नागरिकको घरदैलोमा गएर सेवा दिने उद्धेश्यले केहि समय पश्चात जिल्लाको ६ गाविसमा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्न लागिएको पनि उहाँको भनाई छ ।

केहि समय अगाडि विभिन्न विरामी उपचारमा लाहपरबाही गरेको भन्दै विवादमा मुछिएको अस्पतालले हाल आफ्नो सेवा सुधार गर्दै लगेको सेवाग्राहीहरुले बताएका छन ।  स्वास्थ्य मन्त्रालयसँग २०७२ को माघ ५ गते सम्झौता गरी १० गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा प्रस्तावित चरिकोट अस्पतालले नागरिकहरुलाई स्वास्थ्य सेवा दिन शुरु गरेको  थियो । केहि दिनअघि स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालको अनुगमन गरी आफ्नै कार्यकालमा ५० शैयाको अस्पताल बनाएर जिल्ला अस्पताल सरह सेवा दिने बताउनुभएको थियो । पहिले निमार्ण गरिएको जिल्ला अस्पताल जिरीमा हुँदा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जिल्ला अस्पताल सरहको सेवा दिने पर्यत्न गरीरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह