अमृत बास्तोला | माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । गत माघ २ गते पाँचथर फिदिममा रहेका दाई भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला | माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । गत माघ २ गते पाँचथर फिदिममा रहेका दाई भ"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० दिनदेखि रुपा वेपत्ता, अपहरण हुन सक्ने श्रीमानको शंका

२०७३, ११ माघ मंगलवार ०४:२८

अमृत बास्तोला | माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । गत माघ २ गते पाँचथर फिदिममा रहेका दाई भेट्न र जन्डिस भए नभएको जाँच गराउन भनि रुपा घरबाट निस्कएको श्रीमान् किरण कालिकोटेले बताउनु भएको छ  । 

पाँचथरको माझिटारसम्म पुग्दा फोन सम्पर्क भएको, त्यसपछि रुपासँग सम्पर्क नभएको र उनी चडेको गाडीका चालकका अनुसार बिर्तामोडसम्म पुगेपछि वेपत्ता भएको उहाँले जानकारी दिनुभयो ।  आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि श्रीमतीलाई खोजिदिन संक्रान्तिबजार स्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिएको उहाँले बताउनु भयो । 

घरकी बुहारी २ वर्षे नावालक छोरीलाई बेवास्ता गरी १० दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । वेपत्ता भएकी श्रीमतिको अपहरण हुन सक्ने शंका व्याक्त गर्दै किरणले श्रीमति खोजि गरिदिन सरोकारवाला सबैमा आग्रह गर्नु भएको छ । २०७० सालमा पाँचथर थर्पु घर भएकी रुपा र किरण बिच अन्तरजातीय भागि विवाह  भएको थियो । अन्तरजातिय विवाह भएपनि पारिवारिक सम्बन्ध राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश