दिनेश ठकुल्ला/माघ ११, धनगढी । ऐतिहासिक महत्व बोकेको कैलालीको खैराला गाविसमा रहेको गर्भा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 

विक्रम स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/माघ ११, धनगढी । ऐतिहासिक महत्व बोकेको कैलालीको खैराला गाविसमा रहेको गर्भा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 

विक्रम स"/>

७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खण्डहर बन्दै ऐतिहासिक गर्भा दरबार

११ माघ २०७३, मंगलवार ०७:२४


दिनेश ठकुल्ला/माघ ११, धनगढी । ऐतिहासिक महत्व बोकेको कैलालीको खैराला गाविसमा रहेको गर्भा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 

विक्रम संवत १९८४ खडक शम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो । राणाकालिन दरबार जीर्ण हुदै गईरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिएका छैनन् । दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाईसकेको छ भने पर्खाल पानी चुहिएर  भत्किसकेको छ ।

दरबारको संरक्षण गर्न सके पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावनासमेत छ तर संरक्षण र पर्यटकिय रुपमा विकास गर्न पहल भएको देखिदैन । स्थानीयबासिन्दाले ऐतिहासिक दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।

तर, स्थानीयस्तरबाट पनि दरबारको संरक्षणका लागि गर्न सकिने कामहरु समेत भएका देखिदैन । दरबारभित्र घाँस उम्रिएको छ भने छाना नहुँदा दरबारको पर्खालनै भत्किने अवस्थामा रहेको छ । दरबारभित्र र वरिपरि झाँडी छ ।

खैराला–३,का दुर्गाप्रसाद ढुंगानाले दरबार दिनप्रतिदिन भत्किने क्रममा रहेको बताउनसभयो  । उहाले कतिपय भाग भत्किएको उल्लेख गर्दै संरक्षणका लागि पहल नभएको बताउनुभयो । सरोकारवाला निकायको व्यवास्ताका कारण ऐतिहासि महत्व र पर्यकिय संभावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको उहाको भनाई छ ।

केही वर्षअघिसम्म गर्भा दरबाटबाट गाविस कार्यालय संचालन गरिदै आएको थियो । दरबारको केही भाग गाविस कार्यालयका लागि प्रयोग भएपछि भवनको संरक्षणमा केही टेवा पुगेको थियो तर पछि राजनीतिक खिचातानीका कारण गाविस कार्यालय वडा नम्बर १ स्थित जगातीमा सारियो । 

भवन प्रयोगविहिन बनेपछि भत्किदै गएको स्थानीयको भनाई छ । स्थानीबासिन्दाका अनुसार करिब २०५५ सालअघि दुरुस्त दरबार त्यसयता भत्किन थालेको हो । कलाकृति जडित दिवाल २०५५ सालदेखि भत्किन सुरू भएको स्थानीय प्रकाश गुरुङले बताउनुभयो । कलाकृति जडित दिवाल भत्किएपछि केही वर्षअघि दरबारको छाना टीनले छाइएको थियो । भारतको कलकत्ताबाट २०६५ सालमा जस्ता पाता ल्याएर छाना पाइए पनि पछि हावाहुरीले क्षति पु¥याएको थियो । केही जस्तापाता हावाले उडाएको छ ।

राणा शासनकालमा निकै चहल–पहल रहने गरेको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खडक सम्शेरका छोरा बहादुर शम्शेरपछि गर्भा दरवार बहादुर सम्शेरका साहिंला छोरा तेजप्रकाश सम्शेर जबराको भागमा परेको स्थानीय जानकार बताउछन । राणाशासनको अन्त्यपछि पनि शाशकहरु बसेका उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेका बताइन्छ ।

खैराला हावापानी, मौसम र भौगोलिक रुपमा अत्यन्त उपयुक्त भएकोले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने बुझाई स्थानीय बासिन्दाको छ । मास पिसेर त्यसबाट चुनाई गरिएको गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् ।

१० रोपनी क्षेत्रफल फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्ट्रिकोणले दरबारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिँदै गएको छ । राणा शासकहरू खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बुढापाका सुनाउँछन ।  


करिब ९ दशक पुरानो राणाकालिन दरबार संरक्षण गर्न सके पर्यटकिय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने संभावना रहेको देखिन्छ । देशमा पटकपटक शासन व्यवस्था फेरिए पनि ऐतिहासिक महत्व बोकेको दरबारको मर्मत सम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न नसकेको स्थानीय शिक्षक नारायणदत्त रजवारले बताउनुभयो । कैलालीको सदरमुकाम धनगढीदेखि ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने राणाकालिन दरबारको प्रवद्र्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिने उहाको धारणा छ ।

खैराला सुन्तला, अदुवा आदि कृषि उपज उत्पादनका दृष्ट्रिले उर्वर मानिन्छ । पर्यटन विकास हुनसके स्थानीय उत्पादनले बजार पाउने भएकाले स्थानीयको जीवनस्तरमा सुधार हुने देखिन्छ । सडक सञ्जालसंग नजोडिएकाले पनि पर्यटन विकास र स्थानीय उत्पादनले बजार पाउन नसकेको गुनासो खैरालाबासीको छ ।

केही दिनअघि एकिकृत घुम्ती शिविरका लागि जिल्लास्थित अधिकारीहरुको टोली खैराला पुगेका बेला रेडियो पश्चिम टुडेले आयोजना गरेको पश्चिम सरोकार कार्यक्रममा पनि अधिकांश सहभागिले दरबारको संरक्षणमा कसैको ध्यान जान नसकेको गुनासो गरेका थिए । 

घुम्तीका लागि खैराला पुगेका कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीले आगमी वर्ष दरबार संरक्षणका लागि बजेट विनियोजन गरिने बताउनुभयो । उहाले ऐतिहासिक र पर्यटकिय महत्व बोकेको दरबारको संरक्षण आवश्यक रहेको औंल्याउँदै संरक्षणका लागि पहल गरिने बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार