2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका विभिन्न ठाउँमा सिस्मोमिटर जडान

माघ १२, गोरखा । जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भविज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको छ । 

आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरेको हो । 

भूकम्पको केन्द्रविन्दु गोरखाको विभिन्न भागमा अझै भूकम्पको सम्भावना कायमै रहेकाले यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरेको भूगर्भविद् डा दण्डपाणि अधिकारीले जानकारी दिनुभयो । गत वर्ष रसुवादेखि हेटौँडासम्म ३५ वटा यस्ता सिस्मोमिटर राखिएको थियो । 

उहाँले भन्नुभयो–“जापानको टोकियो विश्वविद्यालयको सहयोगमा ७० वटा सिस्मोमिटर ल्याएर जडान गरियो ।” धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखामा पनि सिस्मोमिटर जडान गर्ने उहाँको भनाइ छ । तीन महिनासम्म जमिनमुनि के कस्तो गतिविधि भइरहन्छ भन्ने बारेमा सिस्मोमिटरले अध्ययन गर्ने अधिकारीले बताउनुभयो । 

सिस्मोमिटरले भूकम्पको कम्पन जमिनमुनि कहाँ छ, कति गहिराइमा छ भन्ने बारेमा जानकारी दिनेछ । एक साता लगाएर विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको भन्दै आउँदो वैशाखमा सिस्मोमिटरले गरेको अध्ययन सङ्कलन गरी थप अध्ययन गर्ने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल