ललित बोहरा । माघ १२ डडेल्धुरा । भारतीय कम्पनीको अबैध सागर र घोडा नामक बिडी डडेल्धुरा लगायत सुदुरपश्चिका पहाडी जिल्लामा खुल्ला रुपमा बिक्री भईरहेकोे छ । नेपाल सरकारले भारतीय सुर्तिजन्य पदार्थहरु खरिद, बिक्रीमा रोक लगाएको सागर र घोडा बिडी डडेल्धुरा लगायत सुदुरपश्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ १२ डडेल्धुरा । भारतीय कम्पनीको अबैध सागर र घोडा नामक बिडी डडेल्धुरा लगायत सुदुरपश्चिका पहाडी जिल्लामा खुल्ला रुपमा बिक्री भईरहेकोे छ । नेपाल सरकारले भारतीय सुर्तिजन्य पदार्थहरु खरिद, बिक्रीमा रोक लगाएको सागर र घोडा बिडी डडेल्धुरा लगायत सुदुरपश्च"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अबैध भारतीय कम्पनीको बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमा खुलायाम खरिद बिक्री

१२ माघ २०७३, बुधबार १५:३८

ललित बोहरा । माघ १२ डडेल्धुरा । भारतीय कम्पनीको अबैध सागर र घोडा नामक बिडी डडेल्धुरा लगायत सुदुरपश्चिका पहाडी जिल्लामा खुल्ला रुपमा बिक्री भईरहेकोे छ । नेपाल सरकारले भारतीय सुर्तिजन्य पदार्थहरु खरिद, बिक्रीमा रोक लगाएको सागर र घोडा बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमका अधिंकाश पसलहरुमा अबैध खरीद बिक्री भईरहेको स्थानीय प्रशासन अर्थात अनुगमन निकायलाई यसबारे केही जानकारी छैन । डडेल्धुराको जोगबुडा क्षेत्र र बैतडीको सदमुकाम गोठलापनीबाट भने केही दिन अगाडी ठुलो मात्रामा भारतीय कम्पनीको बिडी बरामद गरी नष्ट गरेको प्रशासन कार्यालयहरुले जानकारी दिएका छन । बिडी बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट डडेल्धुराको रुपाल र जोगबुडा सिमाबाट नेपाल भित्रीने गरेको छ ।

    भारतीय कम्पनीद्धारा उत्पादीत सुर्तीजन्य पदार्थहरु चुरोट, विडी, तम्वाखु, खैनी, सुर्ती, पानमसला लगायतका अबैधानीक भएकोले नेपाल भित्र प्रबेश निषेध भएपनी स्थानीय प्रसासनको लापरबाहीका कारण सजिलै नेपाल आउने गरेको बैतडीका एक ब्यापारीले नाम नबताउने सर्तमा जानकारी दिनु भयो । डडेल्धुरामा भने कसरी आउछ भने जानकारी दिन नमिल्ने तुफानडाडाँमा लुकाएर अबैध भारतीय बिडी बिक्रेताले बताए । भारत र नेपालको सिमाना झुलाघाट बैतडी, दार्जुलाको पुलघाट सिमाबाट सजिलै आफुहरुले बिल नलिई सिमा सुरक्षामा रहेका सुरक्षाकर्मीको आँखा छली लुकाई छिपाई ल्याउने गरेको स्थानीय ब्यापारीक स्रोतले जनाएको छ ।  नेपालमा सुर्तीजन्य पदार्थहरुको नियन्त्रण सम्वन्धि कानुनमा  ९० प्रतिशत क्यान्सरको फोटो सहित सवैले देख्ने गरेर यसको हानीवारे कभरमा उल्लेख गर्नुपर्छ ।

यो बिडी सेवन गरने नागरीकहरुलाई कुनै किसीमको रोग लागेमा जिम्मेवार निकाय नरहेको प्रति एक जना स्थानीयले सम्बन्धीत निकायले बिक्रीमा रोक लगाउनु पर्नेमा जोड दिएका छन् । भारतीय बिडी नेपालमा सजीलैसंग भित्रीय पछि नेपाली बिडीको बिक्रीमा गिरावट आएको बारा जिल्लामा उत्पादन हुने ९० नामक बिडी उत्पादक कम्पनीका सञ्चालक रबेन्द्र झाले गुनासो गरेको छन् । नेपाली बिडी उत्पादक टोली जिल्ला प्रसासन बैतडी र दार्चुला पुगी अबैध बिडी रोक्न आग्रह गरेपनी केही पहल नगरेको कम्पनी सञ्चालकहरुले बताएका छन् । बैतडी र डडेल्धुराका गाउँ गाउँका खुद्रा पसलमा पनी यो बिडी सजिलै पाईने कैलापल बैतडीका एक स्थानीयको भनाई छ । नेपाली बिडी भन्दा सेवन राम्रो हुने गरेकोले अधिकाश उपभोक्ताहरुले भारतीय बिडी नै खोज्ने गरेको बिडीको डिलर सञ्चालहरुको भनाई छ ।  भारतीय र नेपाली बिडीको मूल्य भने १५  नै रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान