दलसिंह गिरी/माघ १४, कालिकोट । जलश्रोतमा विश्वकै दोश्रो धनी देश मानिने नेपालमा पानीको बढ्दो अभावका घटनाहरु दिन प्रतिदिन बढिरहेका बेला कालिकोटमा जलश्रोत ब्यवस्थापन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ १४, कालिकोट । जलश्रोतमा विश्वकै दोश्रो धनी देश मानिने नेपालमा पानीको बढ्दो अभावका घटनाहरु दिन प्रतिदिन बढिरहेका बेला कालिकोटमा जलश्रोत ब्यवस्थापन"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जल कचहरीमा उठे पानी हैन, बानीका कुरा

२०७३, १४ माघ शुक्रबार ०७:३४

दलसिंह गिरी/माघ १४, कालिकोट । जलश्रोतमा विश्वकै दोश्रो धनी देश मानिने नेपालमा पानीको बढ्दो अभावका घटनाहरु दिन प्रतिदिन बढिरहेका बेला कालिकोटमा जलश्रोत ब्यवस्थापनका लागि जिल्लाका सरोकारवाला जल कचहरीमा जुट्न थालेका छन् । 

बढ्दो जलबायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्दै जानु, जनसंख्या बृद्धि, बन फडानी जस्ता विबिध कारण पानीको प्रयाप्तता घट्दै गएपछि जिल्लाका सरोकारवाला जल कचहरीमा जुटेका हुन् ।

नेपालकै सबैभन्दा लामोको रुपमा लिईने नदी कर्नालीको हुम्ला कर्नाली र तिला कर्नाली कालिकोट भुभागमा बगेपनि यसको सदुपयोगको लागि राज्यले दिर्धकालिन उपाय नअपनाउनु, जिल्लाका पहाडी तथा हिमाली भेगबाट बगेर आउने खोला खोल्सेराका मुहानहरु सुक्दै जानुकासाथै सिचाई योग्य जमिनहरु सिचाई विना बाझोहुन थालेपछि जिल्लाका सरोकारवाला यस्ता सवालका बारेमा छलफलमा जुट्न थालेका छन् ।

जलश्रोतको अवस्थाबारे जिल्लामै पहिलो पटक जल कचहरीको आयोजना गरी खानेपानी तथा सरसफाई सम्बन्धि काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय जिल्लाका क्रियाशिल राजनैतिक दल नागरिक समाजका अगुवाहरु जलबायु परिवर्तन संगै बढ्दो पानीको हाहाकारका बारेमा छलफलमा जुटका हुन् ।

जल सुरक्षा सबैको सरोकार भन्ने भुल नाराका साथ यहि बुधबार जिल्ला सदरमुकाम मान्ममा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति द्धारा जल सुरक्षाका सवाल, चुनौति र अवसरका विषयमा छलफल गरिएको छ । 

खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका जिल्ला संयोजक एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यतामा आयोजित जल कचहरीमा उपस्थित सरोकारवालाहरुले पानीका लागि बानीको ब्यवस्थापन गर्न पहिलो आवश्यकता रहेको बताएका छन् । 

जिल्लामा ब्यवस्थापनका लागि करोडौका आयोजनाहरु संचालन भएपनि समुदाय तथा सरोकारवालाहरुमा अपनत्वको भावनाको कमीका जलश्रोत ब्यवस्थापनमा समस्या आएको भन्दै कचहरी कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।

करिव ५ घण्टा सम्म संचालित जलकचहरीमा उपस्थित सरोकारवालाहरुले अन्तत प्रभावकारी जलश्रोत ब्यवस्थापनका लागि ५ बुदे लिखित प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । जलकचहरी कार्यक्रमको सहजिकरण किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले गर्नु भएको थियो भने यसको सहयोग वाटरएडले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह