माघ १४, चितवन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई वटा अर्ना आज बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपु¥याइएको छ । 

ती अर्नाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १४, चितवन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई वटा अर्ना आज बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपु¥याइएको छ । 

ती अर्नाल"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कोसीटप्पुका दुई अर्ना चितवनमा

२०७३, १४ माघ शुक्रबार ०७:३९

माघ १४, चितवन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई वटा अर्ना आज बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपु¥याइएको छ । 

ती अर्नालाई वनमन्त्री शङ्कर भण्डारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्कालगायतको उपस्थितिमा निकुञ्जको पदमपुर क्षेत्रमा आजै छोडिने कार्यक्रम रहेको छ । 

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावरका लागि खुल्ला खोर (इन्क्लोजर) निर्माण सम्पन्न गरिएको छ भने त्यहाँसम्म पुग्ने सडक पनि मर्मत गरी तयार पारिएको छ । 

बाघले अर्नाको सिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राख्ने तयारी गरिएको छ । बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको कँडेलले बताउनुभयो । 

कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । 

भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको उहाँले बताउनुभयो । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएको छ । जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । 

इन्क्लोजरभित्र ४०० मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान हो । 

सौराहाको हात्ती प्रजनन केन्द्रस्थित खोरसोरमा स्थानीय पर्यटन व्यवसायी, क्षेत्रीय होटल सङ्घ, मध्यवर्ती सामुदायिक वन, स्थानीयवासी लगायतले अर्नाको स्वागत गर्ने कार्यक्रमसमेत रहेको छ । सो पश्चात् बद्रेनी हुँदै राप्तीको गाईघाट तारेर पुरानो पदमपुरमा अर्ना पु¥याइने निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । 

स्थानीयवासीले पहिले स्वागत गरेपछि पुरानो पदमपुरमा विशेष कार्यक्रमकाबीच मन्त्री भण्डारीले एक जोडी अर्ना छोड्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । 

कोसीटप्पुबाट भाले र पोथी गरी दुई वटा अर्ना ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलसहित संरक्षणकर्मी र प्राविधिकको टोलीले कोसीटप्पुबाट अर्नासहित बिहीबार साँझ हिँडेको थियो । 

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार शाहले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख कँडेललाई आवश्यक कागजात दिएर अर्ना हस्तान्तरण गर्नुभएको थियो । 

तीन वटा अर्ना ल्याउने तयारीस्वरुप तीन वटा खोर लगिएको भए पनि दुई वटा खोरमा मात्र अर्ना ल्याइएको हो । चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा