माघ १५, झापा । झापाको मेचीनगर–१ स्थित खयरडाँगीमा पर्खालले किचेर आज एक भारतीय मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
मेचीनगर नगरपालिकाले बाटो किनारमा बनाउँदै गरेको पर्खाल खस्दा त्यसमा किचेर भारत बिहार बडरियाका ५५ वर्षीय सुबोल सिंहको मृत्यु भएको हो ।
उनीसँगै काम गर्ने भारत बिहार बडरियाका २२ वर्षीय वीरन सिंह, १९ वर्षीय तिलक सिंह र २१ वर्षीय नहिर आलम घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । रासस