सागर शर्मा/माघ १७, प्युठान । प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् ।

जिल्ला प्रशासन कार्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/माघ १७, प्युठान । प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् ।

जिल्ला प्रशासन कार्याल"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको बहानेमा सरकारी सेवा

१७ माघ २०७३, सोमबार ०६:०६


सागर शर्मा/माघ १७, प्युठान । प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा गाउँ पुगेको एकिकृत घुम्ति शिबिरमा जिल्लाका सबै कार्यालयहरुले आ–आफ्ना कार्यालयका सेवा प्रवाह गराएका थिए ।

शिविरमा जिल्ला प्रशासन कार्यालय,  कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय,जिल्ला आर्युबेदिक कार्यालय,महिला तथा बालबालिका कार्यालय  जिल्ला स्वास्थ्य कार्यालय लगायतका सरकारी कार्यालयहरुले आ आफ्ना सेवा उपलब्ध गराएका थिए ।

शिबिरमा उत्तरी प्युठानका दुर्गम गाबिसहरु फोप्ली,डाम्री, लिघा, खबाङ, स्याउँलिबाङ र लुङ गरि  ६  गाविसका सेवाग्राहीहरुले  जिल्ला सदरमुकामबाट हुने सेवाहरु सहज ढंगले पाएका थिए । गाउँमै यसरी सेवा पाउँदा सर्वसाधारणलाई सहज भएको र सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले बताए।

दुई दिन सम्म संचालन गरिएको  शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ४ सय ९८ जनालाई नागरिकता वितरण गरिएको थियो भने ५५ जनाले जेष्ठ नागरिक परिचय पत्र २७ जनाले अपाङ्ता परिचय पत्र, ३ सय १९ जना विभिन्न रोगका बिरामीलाइ निशुल्क स्वास्थय जाँच तथा निशुल्क औषधि सेवा प्रदान गरिएको थियो । 

त्यस्तै ७ सय ४ जना कृषकलाइ कृषि सम्बन्धी परामर्श तथा बीउ बिजन वितरण गरिएको थियो भने ३ हजार ४ सय ७ जना कृषकले पशुजाँच तथा औषधि र  १ सय ५१ जनाले आयुर्वेद सेवा लिएको  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।


एकिकृत घुम्ती शिविरका अवसरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट खानेपानी समबन्धी बुरसियर प्रदर्शनी समेत गरिएको थियो । शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता महिला तथा बालबालिका कार्यालयबाट  जेष्ठ नागरिक परिचय पत्र र अपाङ्ता परिचय पत्र, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला आयुर्बेद कार्यालयबाट निशुल्क स्वास्थ जाँच तथा निशुल्क औषधि सेवा,जिल्ला कृषि बिकास र पशुसेवा कार्यालयबाट कृषि तथा पशु सम्बन्धी परामर्श,औषधि र विभिन्न बिउबिजन प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

उहाका अनुसार नागरिकलाई राज्यको पहुँच सहज ढंगले पु¥याउने उद्देश्यले शिबिर संचालन गरिएको हो । गाउँमै सहज ढंगले सेवा पाएपछि दुर्गम गाउँका सयौ सर्वसाधारणहरु लाभान्वित भएका छन् । 

सानो काम लिएर जिल्ला जाँदा घेरै झण्झटका साथै समय लाग्ने भएकाले गाउँमै सहज सेवा पाउँदा आँफूहरुलाई खुशि लागेको स्थानीयहरुले बताए । घुम्टी शिबिर जिल्लाका अन्य इलाकामा पनि संचालन गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै