२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सचिवहरुले गाविस कार्यालयको काम ठप्प पारे

२०७३, १९ माघ बुधबार ०९:२१

माघ १९, भद्रपुर । प्रोत्साहन भत्ता रोकेकोमा विरोधमा गाविस सचिवले आजबाट झापाका सबै गाविस कार्यालयको काम ठप्प पारेका छन् । 

कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेका कारण गाविस सचिवले कार्यालयको काम ठप्प पारेका हुन् । 

गाविस सचिवले सरकारले निजामती कर्मचारीलाई कानुन निर्माण गरी सङ्घीय, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने कानुनको मस्यौदा गर्न लागेको सन्दर्भमा आफ्ना सुझाव पनि दिएका छन् । 

गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले आज एक विज्ञप्ति जारी गरी नौ सूत्रीय सुझाव सरकारलाई दिएको छ । 

सुझावमा सरकारी सेवालाई सङ्घीय सेवा र प्रदेश सेवा गरी दुई तहमा मात्र राख्नुपर्ने, प्रदेश सेवामा खटाउँदा कम्तीमा एक तह बढुवा गर्नुपर्ने, शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाई तह वृद्धिसहितको अवकाश योजना ल्यउनुपर्ने, स्थानीय तहमा खटी कामकाज गर्नुपर्दा शतप्रशित प्रोत्साहन भत्ता दिनुपर्ने, खाइपाई आएको सेवा सुविधा नघट्ने र सेवा प्रवेश गर्दाको सर्तमा कम नहुने गरी सुनिश्चित गर्नुपर्ने र सङ्घीय तथा प्रदेशमा समायोजनको लागि विभाजन गर्दा शैक्षिक योग्यता, कार्य सम्पादन, ज्येष्ठता, स्थायी बसोवास र हाल कार्यरत भूगोललगायत आधारमानी छनोटको अवसर दिनुपर्ने जस्ता सुझाव दिएको विज्ञप्तिमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा