सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अ"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्ग बालीकाको सहारा बनिन ७५ बर्षीय हजुरआमा

१९ माघ २०७३, बुधबार १०:५५

सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अपाङ्ग छिन उनै १३ बर्षिया बालिका पुजा नेपाली ।

उनलाइ अपाङ्ग अबस्था मै छोडेर जन्मदिने आमावुवा समेत धन कमाउन भारत लागे । उनिहरु लामो समय देखि भारत मै छन।बिगत ५ बर्ष देखि उनी आफ्नी बृद्ध हजुरआमा संगै आश्रीत छिन ।

अपाङ्ग अबस्थामा रहेकी ती बालिकाको बुवा बिष्णु नेपाली र आमा सुकमेली नेपाली भारत छिरेपछी पुजाको लालनपालनको जिम्मेवारी उनकी हजुरआमाको काँधमा आइलागेको हो । नातिनिलाइ सकिनसकी बेलाबेलामा एउटा ह्विलचियरमा राखेर घरवरिपरी घुमाउनु नै उनको दिनचर्या बनेको छ । 

नजिकैको भेटनरी स्कुलमा कक्षा १ मा अध्यन गर्ने उनिलाइ बिधालयमा आउजाउ गर्न पनि हजुरआमा कै सहारा चाहिन्छ । पुजा ह्विलचियरको सहारा बिना हिडदुल समेत गर्न सक्दिन्न । हांस्छिन, खेल्छीन र रमाउँछिन।हंसिली र फरासिलि भएकिले भेट्ने जो कोहिको मन पगाल्छिन उनले ।

प्युठान नगरपालिका ३ स्थित मावली घरमा बस्दै आएकि यी दलित बालिकाको दैनिकी यस्तै बितिरहेको छ । उनलाइ हेरचाह र रेखदेख गरिरहेकी हजुरआमा भन्छिन, "पुजाको रेखदेख अहिले मैले गरिरहेको छु ।"

उमेरले ७५ बर्ष पुगेकी उनकी हजुरआमा फुर्सी नेपालीले आफुलाइ त पाल्न नसक्ने  अबस्थामा आइलागेको यो समस्याले पिरोलिरहेको बताइन । फुर्सिले भनिन," अब छोडेर जाउँ कसरी जाउं, कहाँ लैजाउँ, बुढेशकालमा अपाङ्ग नातिनी स्याहार्न गार्हो छ ।" आफ्नो छोरी ज्वाइँलाइ तिमिहरु संगै लैजाउ भन्दा पनि उनिहरु मान्दैन्न । फुर्सिले भनिन ।

आफुलाइ जन्मदिने बुबाआमा नै निर्दयी भएपछी आखिर अरु कस्को भर । अहिले सम्म कहिकतैबाट सहयोग नपाएकोमा उनको दुखेसो छ । जन्मजात अपाङ्ग भएपछी आफ्नै जन्मदिने आमावुवाले समेत छोडेर गएपछी हजुरआमाको सहारामा बाँचिरहेकी दलित बालिका भन्छिन,"मलाइ पढ्ने रहर छ ।" सबैले आश्वासन मात्र दिए सहयोग गरेन्न ।

राष्ट्रीय अपाङ्ग सेवा संघ प्युठानले पिडित बालिकाको घर मै पुगेर एक थान ह्विलचियर, १ दर्जन कपि, १ दर्जन कलम र १ थान झोला उपलब्ध गराएको संघका अध्यक्ष जुमान सिहँ केसिले जानकारी दिए ।

संघले अपाङ्ग बाल अस्पताल पुनस्थापना केन्द्र बनेपासंग समन्वय गरि उपचारका लागि पठाएको समेत बताए।बनेपामा चार बर्षको बसाइपछी घर फर्केकी अपाङ्ग बालिकाको दैनिक थियोग्राफी हुन नपाउँदा उनको स्वास्थस्थिती झनपछी झन कमजोर बन्दै गएको केसिले बताए । 

अपाङ्ग बालिकाको पारिवारिक स्थिती  कमजोर हुँदा र जिल्ला मै थियोग्राफी गर्ने उपकरण नहुँदा उपचारमा समस्या थपिएको हो । नेपालको जनगणना २०६८ अनुसार जिल्लामा २ हजार ८ सय १६ जना महिला र ३ हजार १ सय १४ जना पुरुष विभिन्न कारणले अपाङ्ग भएको तथ्याङ रहेको जिल्ला बालबालिका कार्यालय प्युठानकी निमित्त महिला बिकास अधिकृत मायां श्रेष्ठले जानकारि दिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह