१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषिलाई आधुनिकीकरण गर्नुपर्छ: ओली

२० माघ २०७३, बिहीबार ११:३२

माघ २०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको दक्षिण एसियाली किसान सम्मेलन शुभारम्भ गर्दै अध्यक्ष ओलीले कृषिलाई व्यावसायिक बनाएर देशलाई कृषिमा नै आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको हो । 

“किसानमा अझै पनि पुरानो पद्धतिअनुसार खेती गर्ने बानी छ”, उहाँले भन्नुभयो – “नयाँ प्रविधि प्रयोग गरी कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्दछ ।” 

भूमिमा असमान वितरणले वास्तविक कृषकसँग भूमिको पहुँच नभएकार्ले  भूमिको समान वितरण गरेर राज्यले कृषकलाई भूमि उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले केही वर्षयता हाउजिङ र प्लटिङका नाममा उर्वर भूमिलाई नष्ट गरेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर देशलाई राजनीतिक सङ्क्रमणकालबाट टुङ्ग्याउनुपर्ने पनि बताउनुभयो । 

एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष वामदेव गौतमले सबै दलको सहयोग भए १० वर्षभित्रमा नेपालमा समाजवाद आउने दाबी गर्नुभयो । 

सम्मेलनले नवउदारवाद र यसले किसानलाई पारेको नकारात्मक प्रभावका विषयमा छलफल गरी किसानको हक अधिकार, खाद्य सम्प्रभुता, जलवायु परिवर्तन, भूमि अधिकारका क्षेत्रमा नयाँ नीति तर्जुमा गर्दै नयाँ रणनीतिक योजनासमेत बनाउने महासङ्घका महासचिव बलराम बास्कोटाले जानकारी गराउनुभयो । 

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका १५ किसान सङ्गठनका अगुवाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड