माघ २०, काठमाडौँ | बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले आज पक्राउ गरेको छ । 

यस बिषयमा के"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, काठमाडौँ | बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले आज पक्राउ गरेको छ । 

यस बिषयमा के"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबालको खबरदारी: बिजुलीको खम्बामा विज्ञापन टाँस्ने पक्राउ

२०७३, २० माघ बिहीबार १६:२९


माघ २०, काठमाडौँ | बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले आज पक्राउ गरेको छ । 

यस बिषयमा केहि दिन अघि साझा सबाल मिडियाले काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गर्दै समाचार संकलन गरेको थियो । कामपा, राजस्व महाशाखामा साझा सबाल मिडियाबाट गएको टोलीले बिभागका अधिकारीहरुलाई यस बिषयमा महानगरले कुनै कारबाही नगरेको भन्दै आलोचना गरेको थियो । 

यसैबीच कामपा राजस्व महाशाखाका अनुसार काठमाडौँ नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्मोच्च अदालत अगाडि हुँदै पुतली सडक क्षेत्रसम्मका बिजुलीका खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित कोरियाली भाषा पाठशालाका सञ्चालक दीपक राउत र डिफेन्स क्यारियर एकेडेमीका सञ्चालक प्रमोद ढुङ्गाना हुन् । 

यस बाहेक भित्तामा पोष्टर टासी नगर फोहोर पार्ने अन्यलाई पनि अब कारबाहीको दायरामा ल्याउने महानगरले जनाएको छ । 

सादा पोसाकमा खटिएका महानगरीय प्रहरीले तिनलाई पक्राउ गरेको थियो । महानगर सहित बिभिन्न निकाय बिरुद्ध २०७० भदौ १६ मा सर्वोच्च अदालतले सार्वजनिक स्थानमा सुन्दरता बिगार्ने गरी विज्ञापन टाँस्न नदिन आदेश गरेको थियो । आदेश बमोजिम अब सुन्दरता बिगार्ने गरि वा अनुमति बिना पोष्टर टास्ने जो सुकैलाई सर्वोच्चको मानहानी बिरुद्ध मुद्धा चलाइने महानगरका राजश्व महाशाखा प्रमुख ध्रुब काफ्लेले साझा सबाललाई बताए । 

बाँकी यिनीहरुलाई कारबाही कहिले गर्ने ?

महानगरको अनुमति बिपरित पुतलीसडक, पुरानो बसपार्क, भृकुटीमण्डप लगायत स्थानहरुमा पोष्टर टास्नेहरुमा निम्न पनि छन् (फोटोमा हेर्नुहोस) । यिनीहरुले दैनिक नयाँ नयाँ स्किम सहित जथाभावी बिना अनुमति पोष्टर टासेर सहर कुरूप बनाउने गरेका छन् । अरु त अरु सर्वोच्चकै आदेशलाई लत्याउँदै सर्वोच्च अदालतको गेट अगाडीनै यिनीहरुको पोष्टर टासिएको भेट्न सकिन्छ ।

बिशेष गरि सर्वसाधारणको चहलपहल हुने स्थानहरुमा यिनीहरुले पोष्टर टासेर सहर फोहोर बनाउने काममा सक्रिय छन् । त्यसोत: कतिपय यस्ता बिना अनुमति टासिने बिज्ञापनले सहर फोहोर बनाउने मात्र नभई सर्वसाधारणलाई ठगि समेत गर्ने गरेको महानगर आफै स्वीकार्छ । बिशेषगरि रातको समयमा टासिने पोष्टरको कारण काठमाडौँ अझै कुरूप बन्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन