माघ २१, भीमदत्तनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २१, भीमदत्तनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रहरी–नागरिक सहकार्य आवश्यक: महानिरीक्षक अर्याल

२१ माघ २०७३, शुक्रबार ०७:४३


माघ २१, भीमदत्तनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

बिहीबार कञ्चनपुरको वाणीस्थित दङ्गा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले शान्तिसुरक्षा प्रहरीको एक्लो प्रयासले असम्भव रहेको औँल्याउनुभयो । “अपराधीसित समाजले कहिल्यै पनि सम्झौता गर्न सक्दैन”, प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो–“अपराध नियन्त्रणमा बढ्दै गएका चुनौती सामना गर्न नागरिकबाट पनि प्रहरीलाई सहयोग आवश्यक पर्छ ।” 

नागरिक अपेक्षाअनुरुप सेवा गर्न प्रहरीको कार्यशैली, प्रविधि र दक्ष जनशक्ति आवश्यक हुने उहाँको भनाइ थियो । प्रहरीलाई नयाँ चुनौती पनि समयक्रमअनुसार थपिएको बताउँदै उहाँले प्रहरीप्रति जनअपेक्षा पनि बढ्दै गइरहेको धारणा राख्नुभयो । “जनचाहना पूरा गर्न नसके प्रहरी पनि समाजमा स्थापित हुन सक्दैन”, अर्यालले भन्नुभयो–“वर्तमान समयमा अपराधको दायरा पनि बढ्दै गइरहेको स्थिति छ ।” 

प्रहरीलाई राम्रो बनाउने दायित्व नागरिक समाजको पनि भएको बताउँदै अर्यालले स्थापनाकालदेखि अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी ऐनले तोकेको जिम्मेवारी प्रहरी सङ्गठनले बहन गर्दै आइरहेको बताउनुभयो । दङ्गा नियन्त्रण गणमा दुई चरणमा निर्माण भएका ब्यारेक, कार्यालय भवन, क्वार्टर गार्ड लगायतका भवन उद्घाटन गरिएका हुन् । 

त्यसैगरी, केही भवन अझै निर्माणाधीन अवस्थामा रहेको दङ्गा प्रहरी नियन्त्रण गणका गणपति प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता