दलसिंह गिरी/माघ २१, कालिकोट । कर्नालीको पहिचानको रुपमा रहेको स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो, सिमी लगायतका बालीहरु खेती हराउन थालेको भन्दै यसको संरक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ २१, कालिकोट । कर्नालीको पहिचानको रुपमा रहेको स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो, सिमी लगायतका बालीहरु खेती हराउन थालेको भन्दै यसको संरक्"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नाली रैथाने बालीको आक्रात्मक रुपले माग बढ्दो

२१ माघ २०७३, शुक्रबार १३:१३


दलसिंह गिरी/माघ २१, कालिकोट । कर्नालीको पहिचानको रुपमा रहेको स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो, सिमी लगायतका बालीहरु खेती हराउन थालेको भन्दै यसको संरक्षण तथा प्रवर्धन गर्न आवाज उठिरहेका बेला नेपाल खाध्य संस्थाले यसको बजार प्रवर्धनका लागि स्थानीय बाली खरिद गरी बाह्य जिल्लाहरुमा विक्रि वितरण गर्न थालेको छ । 

नेपाल खाध्य संस्थानको खरिद अभियान अनुसार कालिकोट जिल्लाबाट आचु आर्थिक बर्ष २०७३/०७४को पौष मसान्त सम्ममा मात्र करिव १ सय क्वीन्टल फापर र करिव १ सय ७० क्वीन्टल सिमि खरिद गरी बाह्य जिल्लामा निर्यात गरेको जिल्ला खाध्य संस्थानका प्रमुख अनिल कुमार श्रेष्टले बताउनु भएको छ ।

कर्नालीको स्थानीय रैथाने बालीको बजार प्रबर्धन गरी उत्पादनमा कृषकहरुलाई उत्प्रेरित गराउने उद्देश्यले संस्थानले यस्तो अभियान थालेको श्रेष्टले बताउनु भएको हो । जिल्लामा उत्पादित २ वटा बाली फापर र सिमीमा फापर प्रति केजी ८० रुपैया र सिमी प्रति केजी १ सय २५ रुपैयामा खरिद गरी बाह्य जिल्लामा निर्यात गर्ने काम भएको श्रेष्टले बताउनु भएको छ ।

यता जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लाबाट निर्यात हुने सिमी र फापरहरुमा यो बर्ष के कति निर्यात भयो यसबारे एकिन तथांक नआईसकेको जनाएको छ । गत बर्षको तथांक अनुसार फापर १५ क्वीन्टल र सिमी करिव २० क्वीन्टल बाह्य जिल्लामा निर्यात भएको बताउदै जिल्ला कृषि विकास कार्यालयका बाली फोकल कल बहादुर शाहीले यस्तो कुरा बताउनु भएको हो ।

विशेष जिल्लामा उत्पादन हुने फापर खिन, धौलागोह, फोइमहादेव, राचुली चिलखाया लगायतका क्षेत्रमा उत्पादन हुने गरेको र सिमी जिल्लाका प्राय सबै गाविसमा उत्पादन हुने गरेको शाहीले बताउनु भएको छ । 

सिमी र फापर बाली कर्नाली बाहेक अन्य जिल्लामा उत्पादन हुने भएपनि कर्नालीमा उत्पादन अर्गानिक हुने भएको भन्दै काठमाडौं, पोखरा लगायतका सहरहरुमा यसको माग ह्वात्तै बढेको बाली फोकल शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा