२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछाप बेतालीका एक दलितलाई मन्दीर भित्र पसेकाे भन्दै ५ हजार जरिवाना

२०७३, २३ माघ आईतवार ०१:५२

माघ २३, रामेछाप । रामेछाप जिल्ला बेतालीका एक दलितले मन्दीर भित्र पसेको भन्दै ५ हजार जरिवाना तिर्नु परेको छ । बेताली गाविस वडा नम्बर ३ का कृष्ण कुमार बिश्कर्माले सोहि गाविसमा रहेको सेरकाली मन्दीरमा पसेको निहुँमा मन्दीरका पुजारी छत्र बहादुर बुढाथोकी लगाएतका मानिसहरुले चोख्याउनु भन्दै मन्दीरमा रुद्री लगाई ५ हजार जरिवाना तिराएका हुन् । 

२१ औ सताब्दीमा भेदभाव र विभेद मुलक समाज निर्माण गर्न भन्दै दलितका नाममा भेदभाव भए सरकारले कडा कारबाहि गर्ने कानुनहरु बनाएको छ र बिभिन्न ठाउँहरुमा दलितमाथि बिभेद गर्नेलाई कानुन अनुसार कार्वाहि पनि भएका छन् ।

माघ २२ गते शनिबार मन्दीरमा पुजा गर्न जाँदा मन्दीर भित्र पसेको र पुजारीहरु बिच हल्ली खल्ली भएपछि पुजारीहरु दलित मन्दीरमा पसेको भन्दै पुजा नगर्ने भनि मन्दीरवाट बाहिर निस्कीएको पिडित कृष्ण बहादुर बिश्वकर्माले जानकारी दिए ।

 मन्दीरमा दलित पसेको भन्दै पुजारी लगाएतका समुहले मन्दीरमा तत्काल चोख्याउन भन्दै रुद्री लगाएपछि मात्रै अरुलाई पुजा गर्न लगाएको बेताली गाविसका प्राबिधिक बाबुराम घिमिरेले बताए। अहिलेकाे समयमा पनि मन्दीर जस्तो ठाउमा आफुमाथी नराम्रो ब्यवहार भएको भन्दै यसका बिरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिने पिडित कृष्ण बहादुर बिश्वकर्माले बताए ।

- पत्रकार लेखबहादुर बिककाे सहयाेगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन