दिनेश ठकुल्ला | माघ २३, धनगढी । शिवनगर गाविस वडा नम्बर ८ चितवन स्थायी घर भई धनगढी स्थित होटल साथीमा सुरक्षा गार्डको काम गर्दै आईरहेका पर्शुराम भण्डारीले रक्सी सेवन गरि श्रीमतिलाई कुट्दा ३० वर्षिया लक्ष्मी भण्डारीको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ कृष्णनगर टोलमा डेरा गरि बस्ने पर्शुरामले शुक्रबार राती ११ बजेतिर डिउटीबाट घर फर्केको र रक्सीको झोकमा भनाभन हुँदा श्रीमतिलाई कञ्चटमा मुक्का प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले बताउनुभयो । पर्शुराम भण्डारीलाई नियन्त्रणमा लिएको र रक्सीको झोकमा हत्या गर्ने उद्देश्यले नभई आवेगमा आएर मुक्का प्रहार गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
मुक्का प्रहारबाट लक्ष्मी ढलेर विहोश भएपछि उनका छोराले छिमेकीलाई खबर गरेको र छिमेकीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
- फाइल फोटो