माघ २३, पर्सा | नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल बीरगञ्जबाट दुई दिन अघि हराएको नवजात शिशु फेला परेको छ । शिशुलाई पर्साको बेलवा गाविसमा लालसादेवी साहबाट प्रहरीले उद्धार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, पर्सा | नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल बीरगञ्जबाट दुई दिन अघि हराएको नवजात शिशु फेला परेको छ । शिशुलाई पर्साको बेलवा गाविसमा लालसादेवी साहबाट प्रहरीले उद्धार"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालबाट हराएको नवजात शिशुको उद्दार, शिशु चोर्ने पक्राउ

२०७३, २३ माघ आईतवार १३:०६

माघ २३, पर्सा | नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल बीरगञ्जबाट दुई दिन अघि हराएको नवजात शिशु फेला परेको छ । शिशुलाई पर्साको बेलवा गाविसमा लालसादेवी साहबाट प्रहरीले उद्धार गरेको हो ।

बीरगञ्ज छपकैया निवासी मुकेश पाशवानकी श्रीमती आसादेवी पाशवानले शुक्रवार बिहान जन्माएको बच्चा अपरान्ह २ बजे नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुतीगृहबाट चोरी भएको थियो । आइतबार भेटिएको शिशु गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरेको शिशुलाई अस्पतालले एमआइसियुमा राखेको छ । 

बच्चा फिर्ता आएपछि शिशुका पिता मुकेश पासवान धेरै खुसी भएका छन् ।

वीरगन्ज उप–महानगरपालिका वाड नम्बर २ छपकैया निवासी मुकेश पाशवानकी श्रीमती आसा देवी पाशवानले शुक्रबार बिहान १०: ४० बजे जन्माएको बच्चा शुक्रबार नै अस्पतालको प्रशूतिगृहबाट एक महिलाले दुई घन्टा नबित्दै बच्चा चोरेर फरार भएकी थिइन् ।

यस्तो छ कारण 

बिहे गरेको ५ वर्ष बितिसक्दा पनि आफ्नो सन्तान नभएपछि लालसादेवीले सन्तानको प्यास मेटाउन कसैको नवजात शिशु चोर्ने विचार गरेको बयान प्रहरी सामू दिएकी छन्। बच्चा चोर्ने तयारी गरीरहेकी उनले शुक्रबार वीरगञ्जबाट बच्चा चोर्न सफल भएको प्रहरीलाई दिएको वयानमा भनेकी छिन्- ‘एक महिनादेखि बारम्बार बच्चा चोर्ने प्रयास गरिरहेकी थिएँ, तर शुक्रबार मात्रै सफल भएँ ।’

अस्पतालको शैयाबाटै शुक्रबार दिउँसो चोरी भएको नवजात शिशु शनिबार साँझसम्म फेला पर्न नसक्दा आमा आशादेवीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि अभिभावक र गाँउलेहरुले अस्पताल अगाडि सडकमा प्रदर्शन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन