२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्दिर पस्दा दलितलाई जरिवाना गराउने २ जना पक्राउ

२०७३, २४ माघ सोमबार ०६:३५

माघ २४, रामेछाप । दलितले मन्दिरमा पुजा गरेको भन्दै ५ हजार जरिवाना तिराउने बेताली रामेछापका २ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार बेताली गाविस वडा नम्बर ३ मा रहेको सेरकाली मन्दिरका पुजारी द्धोय छत्र बहादुर बुढाथोकी र भिम बहादुर बुढाथोकीलाई पक्राउ गरि सदरमुकाम मन्थली ल्याएको छ । माघ २२ गते शनिबार कृष्ण कुमार बिश्वकर्मा मन्दिरमा पुजा गर्न पसेपछि पुजारी छत्र बहादुर बुढाथोकी लगाएतका मानिसहरुले चोख्याउनु पर्छ भनि मन्दिरमा रुद्री लगाएपछि ५ हजार जरिवाना तिराएका थिए ।

अहिले घटनाको छानविन भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पिडकलाई कानुन अनुसार कार्वाहि हुने र त्यसका लागी मुद्दा जाहेरीको तयारी भैरहेको प्रहरीको भनाई छ । यता पक्राउ परेको दुईजना पुजारीले भने आफुहरुले अरुको आदेशमा यस्तो काम गरेको बताएका छन् । 

उनिहरुले आफुहरुलाई यस्तो कार्य गर्नका लागी उक्साउने अरुनै भएको बताएका छन् । मन्दिर जस्तो ठाउमा आफुमाथी अमानबिय ब्यवहार भएको भन्दै पिडित बिश्वकर्माले कानुन् अनुसार कार्वाहि गरि पाउँ भनि माघ २२ गते प्रहरीमा उजुरी दिएका थिए ।

यस्तै रामेछाप जिल्लाका दलित अधिकारकर्मीहरुले जिल्लामा यस्तो घटना हुन दुखद भएको प्रतिक्रिया दिएका छन् । उनिहरुले अहिलको २१ औ शताब्दीमा पनि यस्तो घटना हुनु मुलुकमा कानुनै नभएको जस्तो महसुस भएको बताए । उनिहरुले घटनामा मुछिएका पिडकलाई कार्वाहि र पिडितलाई न्याय दिलाउनका लागी आफुहरु लागीपर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तो छ कानुनी प्रावधान

जातीय विभेदलाई अहिलेको संविधानले दण्डनीय मानेको छ । जातीय विभेद र छुवाछूतजन्य अपराध गर्नेलाई कानुन तः दण्ड गर्ने थुप्रै दफा उपदफा थपिएको छ । जातीय विभेद वा छुवाछूत ९कसुर र सजाय० ऐन २०६८ बमोजिम जातीय छुवाछूत गर्ने वा गराउने व्यक्तिलाई तीन महिना देखि तीन वर्षसम्म कैद वा एकहजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।


नेपालको संबिधान २०७२ को धारा २४ ले छुवाछुत विरुद्दको हकलाई मौलिक खको रुपमा परिभाषित गरेको छ । सरकारले मुलकलाई छुवाछुत मुक्त राष्ट्र घोसणा गरेको दश बर्ष पुगेको छ । नयाँ संबिधानमा दलित हक भनि मौलिक हकको रुपमा धार्रा ४० र जातीय भेदभाव तथा छुवाछुत विरुद्दको हक भनि धारा २४ मा उल्लेख गरिएको छ । मुलुकी ऐन २०२० मा भएको संसोधनले सबै भन्दा पहिले छुवाछुत र जातीय भेदभावलाई निषेध गरेको थियो ।  - नवराज श्रेष्ठको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन