२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे गर्न नमानेपछि प्रेमिकाको एसिड प्रहार गरि हत्या

२०७३, २४ माघ सोमबार १४:३४

माघ २४, भैरहवा | बिहे गर्न नमानेको भन्दै धादिङका एक युवकले नवलपरासी घर भएकी आफ्नै प्रेमिकालाई एसिड प्रहार गरी हत्या गरेका छन् । हत्यारा युवक धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला हुन् भने युवती नवलपरासी गैंडाकोट नगरपालिका-५ की २७ वर्षीय तुलसा सापकोटा हुन् । 

कोइरालाले हिजो राति बुटवलस्थित एक होटलमा एसिड प्रहार गरि गम्भीर घाइते बनाएका थिए । एसिड प्रहारबाट  टाउको र अनुहार तथा शरीरका अधिकांश भाग जलेको अवस्थामा गम्भिर घाइते बनेकी सापकोटालाई उपचारका लागि आइतरबार राति नै लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो तर त्यहाँबाट उपचार सम्भव नभएपछी फेरी भैरहवा मेडिकल कलेज रिफर भयो र त्यहाँ पनि सम्भव नभएपछी उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा आज (सोमबार) मृत्यु भएको हो । 

प्रहरीले एसिड छ्याप्ने युवकलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

घटना यसरी घट्यो 

सुनिल र तुलसा प्रेम सम्बन्धमा थिए । आइबार करिव ४ बजेतिर उनीहरुले बुटवलस्थित मेरिडियन होटलमा कोठा बुक गरे । कोठा बुक गर्ने क्रममा उनीहरुले एकअर्कालाई श्रीमान/श्रीमती भनेका थिए । तर तुलसा एक्लै त्यहाँ गएकी थिइनन् उनको साथमा उनकी सानीआमा पर्ने देवी भनिने मीना खरेल पनि थिइन् तर उनले छुट्टै कोठा लिएर बसेकि थिइन्। सुनीलसँग एक्लै घुम्न आउन नमानेकिले तुलसाले सानीआमा पर्नेलाई साथैमा लिएर आएको बताइएको छ ।

तुलसासँग होटलमा एउटै कोठामा बसेका सुनिलले अवेरसम्म मदिरा सेवन गरेका थिए । एक्कासी राति पौने १२ बजेतिर एक्कासी तुलसा चिच्याइन । त्यतिखेरसम्ममा सुनिलले उनमाथि एसिड हानिसकेका थिए र भाग्ने सुर गर्दै थिए । तर होटलबाट प्रहरीलाई खबर गरे लगत्तै तत्काल पुगेको प्रहरीले सुनिललाई घटनास्थलबाटै पक्राउ गर्यो । त्यतिखेर तुलसा बेहोस अवस्थामा थिइन । उनको कपाल सबै जलिसकेका थिए भने अनुहार र सरिरका अन्य भाग पनि जलिसकेका थिए ।

घटनाको कारण यस्तो छ 

घटनास्थलबाटै पक्राउ परेका सुनिलले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुआर घटना सुनियोजित छ । सुनिलले प्रहरीसमक्ष आफूले एसिड प्रहार गरेको मात्र स्वीकारेनन् घटनाको कारण समेत ओकले । तुलसाले आफुसंग प्रेम गरेपनि बिहे गर्न भने नमानेको र अर्कैसँग सम्बन्धमा रहेकाले त्यसको बदला लिनको लागि नियोजित रुपमा एसिड हानेको सुनिलले प्रहरीलाई बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन