१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे गर्न नमानेपछि प्रेमिकाको एसिड प्रहार गरि हत्या

२४ माघ २०७३, सोमबार १४:३४

माघ २४, भैरहवा | बिहे गर्न नमानेको भन्दै धादिङका एक युवकले नवलपरासी घर भएकी आफ्नै प्रेमिकालाई एसिड प्रहार गरी हत्या गरेका छन् । हत्यारा युवक धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला हुन् भने युवती नवलपरासी गैंडाकोट नगरपालिका-५ की २७ वर्षीय तुलसा सापकोटा हुन् । 

कोइरालाले हिजो राति बुटवलस्थित एक होटलमा एसिड प्रहार गरि गम्भीर घाइते बनाएका थिए । एसिड प्रहारबाट  टाउको र अनुहार तथा शरीरका अधिकांश भाग जलेको अवस्थामा गम्भिर घाइते बनेकी सापकोटालाई उपचारका लागि आइतरबार राति नै लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो तर त्यहाँबाट उपचार सम्भव नभएपछी फेरी भैरहवा मेडिकल कलेज रिफर भयो र त्यहाँ पनि सम्भव नभएपछी उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा आज (सोमबार) मृत्यु भएको हो । 

प्रहरीले एसिड छ्याप्ने युवकलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

घटना यसरी घट्यो 

सुनिल र तुलसा प्रेम सम्बन्धमा थिए । आइबार करिव ४ बजेतिर उनीहरुले बुटवलस्थित मेरिडियन होटलमा कोठा बुक गरे । कोठा बुक गर्ने क्रममा उनीहरुले एकअर्कालाई श्रीमान/श्रीमती भनेका थिए । तर तुलसा एक्लै त्यहाँ गएकी थिइनन् उनको साथमा उनकी सानीआमा पर्ने देवी भनिने मीना खरेल पनि थिइन् तर उनले छुट्टै कोठा लिएर बसेकि थिइन्। सुनीलसँग एक्लै घुम्न आउन नमानेकिले तुलसाले सानीआमा पर्नेलाई साथैमा लिएर आएको बताइएको छ ।

तुलसासँग होटलमा एउटै कोठामा बसेका सुनिलले अवेरसम्म मदिरा सेवन गरेका थिए । एक्कासी राति पौने १२ बजेतिर एक्कासी तुलसा चिच्याइन । त्यतिखेरसम्ममा सुनिलले उनमाथि एसिड हानिसकेका थिए र भाग्ने सुर गर्दै थिए । तर होटलबाट प्रहरीलाई खबर गरे लगत्तै तत्काल पुगेको प्रहरीले सुनिललाई घटनास्थलबाटै पक्राउ गर्यो । त्यतिखेर तुलसा बेहोस अवस्थामा थिइन । उनको कपाल सबै जलिसकेका थिए भने अनुहार र सरिरका अन्य भाग पनि जलिसकेका थिए ।

घटनाको कारण यस्तो छ 

घटनास्थलबाटै पक्राउ परेका सुनिलले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुआर घटना सुनियोजित छ । सुनिलले प्रहरीसमक्ष आफूले एसिड प्रहार गरेको मात्र स्वीकारेनन् घटनाको कारण समेत ओकले । तुलसाले आफुसंग प्रेम गरेपनि बिहे गर्न भने नमानेको र अर्कैसँग सम्बन्धमा रहेकाले त्यसको बदला लिनको लागि नियोजित रुपमा एसिड हानेको सुनिलले प्रहरीलाई बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन