माघ २५, चौतारा । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ ।

वासस्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, चौतारा । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ ।

वासस्था"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भँगेरा र चिबे चरा कहाँ गए ?

२०७३, २५ माघ मंगलवार ०६:१०

माघ २५, चौतारा । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ ।

वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा क्रमशः विस्थापित हुँदै जान थालेको हुन् । कतिपय चरा मानिसकै आसपास बस्न रुचाउने स्वभावका हुने गरेका छन् । 

चराले मानिसका शत्रु मात्र नभई मित्रको भूमिका समेत निर्वाह गर्दै आएका छन् । उनीहरुले अन्नलाई नोक्सान पु¥याउने किराफट्याङ्ग्रा खाएर अन्नबालीको नोक्सानीलाई रोकथाम समेत गर्दै आएका छन् । 

“रातको प्रथम प्रहारमा भालेबास्नुअगावै चिबे चराको स्वर सुनिन्थ्यो”, सिन्धुपाल्चोक, चौतारा नगरपालिका–९ का एकेन्द्रबहादुर श्रेष्ठ बताउनुहुन्छ – “अब त चिबेचरा देख्न नपाएको पनि लामो समय बितिसक्यो ।” 

“गाउँघरमा कुखुराको चल्ला लाने चिललाई सानै भए पनि चिबेले लखेटेर हायलकायल पार्ने गरेको दृश्य अब त स्मृतिमा मात्र सीमित रहेको अर्का स्थानीयवासी जगतबहादुर श्रेष्ठ बताउनुहुन्छ ।” 

“केही वर्ष अघिसम्म आँगनमा धान, कोदोको बिस्कुन सुकाउँदा भँगेराबाट जोगाउन गोठालो नै लाग्नुपथ्र्यो”– स्थानीयवासी वृद्धा टीकालक्ष्मी भन्नुहुन्छ– “अब त भँगेरा र चिबेचरा देखिनै छाड्यो । यस्तै हो भने पछिल्लो पुस्ताले ती चराको बारेमा थाहा पाउन पनि गाह्रै होला ।” 

भँगेरा बस्ने पुराना घरको बदला आधुनिक घर बन्न थालेपछि वासस्थानको अभाव हुन थालेको छ । खेतीपातीमा पनि बढी मात्रामा विषादी प्रयोग हुन थालेपछि किराफट्याङ्ग्रा नासिएर आहाराको अभावले पनि ती चरा विस्थापित हुन थालेको वरिष्ठ चराविद् डा हेमसागर बरालले बताउनुभयो । 

पुराना घरमा सारौँ र भँगेराले गँुड बनाउने कठप्वाल हुन्थ्यो । अब त सहर बजारमा मात्र नभई गाउँघरमा पनि पुराना घर प्रायः समाप्त भइसकेका छन् । सोही कारण भँगेरा र सारौँ मात्र नभई परेवा र मलेवा समेत गाउँघरबाट क्रमशः विस्थापित हुन थालेका छन् । “पहाडमा पनि परम्परा घरको बदला सिमेन्टेड आधुनिक घर निर्माण हुन थाले” डा बराल भन्नुहन्छ –“किसानले धानकोदो लगाउनै छाडेपछि बिस्कुन सुकाएको देखिनै छाडेको छ । 

बास र आहारा नपाएपछि ती चरा आफ्नो ठाउँबाट क्रमशः विस्थापित भएर अन्यत्र जान थालेका हुन् । 

युवा कोही ठूला सहर र कोही विदेश पलायन हुन थालेपछि कामदारको अभावमा कतिपय जमिनमा धान कोदोको बदला फलफूल तथा तरकारीखेती हुन थालेका छन् । त्यस्ता बालीमा अत्यधिक विषादी प्रयोग ह्ुन थालेपछि किराफट्याङ्ग्रा निर्मूल भई चराको आहाराको पनि अभाव भएको हो । “चिबे र भँगेरा लोप भएकै त भन्न मिल्दैन”, डा बराल भन्नुहुन्छ–“यसबारेमा अध्ययन अनुसन्धान हुनुपर्ने हो, तर हुन बाँकी नै छ ।” 

नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का चराविद् ज्योतेन्द्र ठकुरी पनि आहारा र वासस्थानकै अभावमा भँगेरा र चिबेचरा लोप हुन थालेको धारणा राख्नुहुन्छ । अन्य चरा अहिलेसम्म मौजुद भएका ठाउँमा यी दुई जातका चरा लोप हुनाको कारण पत्ता नलागेको बताउँदै ठकुरीले भन्नुभयो–“यसबारेमा काठमाडौँमा अध्ययन सुरु भइसकेको र नतिजा आउन बाँकी छ भने अन्य जिल्लामा अनुसन्धान सुरु भएको छैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु