माघ २६, काठमाडौँ | राजधानीमा आयोजित दिगो विकास लक्ष्यद्वारा दलितको मूल प्रवाहीकरण बिषयक कार्यक्रमका बीच नागरिक समाजका तर्फबाट संविधानविद अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २६, काठमाडौँ | राजधानीमा आयोजित दिगो विकास लक्ष्यद्वारा दलितको मूल प्रवाहीकरण बिषयक कार्यक्रमका बीच नागरिक समाजका तर्फबाट संविधानविद अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय य"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिक समाजद्वारा दिगो विकास लक्ष्य -१६ का सूचांक राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण

२६ माघ २०७३, बुधबार ०४:०९

माघ २६, काठमाडौँ | राजधानीमा आयोजित दिगो विकास लक्ष्यद्वारा दलितको मूल प्रवाहीकरण बिषयक कार्यक्रमका बीच नागरिक समाजका तर्फबाट संविधानविद अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो |

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि माननीय डा. स्वर्णिम वाग्लेले सफा नीयत, स्पष्ट नीति, मूल्य र मान्यतामा आधारित संस्था र संरचना भए दिगो विकास लक्ष्य प्राप्त गर्न धेरै कठिन नहुने बताउनुभयो | उहाँले ल्यानकाउ जस्ता संस्थाले प्रमाणमा आधारित तथ्यांक उपलब्ध गराई नीति निर्माणमा टेवा पुर्याउन सक्ने बताउनुभयो |

कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष दिनेश त्रिपाठीले लोकतन्त्रको आत्मानै सामाजिक न्याय हो भन्नुभयो | दिगो विकास लक्ष्यद्वारा जातिय विभेद र उत्पीडनको अपराधलाई सम्बोधन गर्न सकेन भने नेपालको अन्तर्राष्ट्रिय छवि नराम्रो हुने बताउनुभयो |


सो अवसरमा बोल्दै चान्सफोरचेन्जका कन्ट्री डायरेक्टर भीम बि. क. ले छुवाछुत दलितको गरिबीको प्रमुख कारण भएको बताउनुभयो |

डिग्निटीइनिसिएटिवकि संस्थापक जिनिता बिश्वकर्माले समाजको मानसिकता बदल्न शिक्षा नीति र शिक्षण प्रणालीमा नै परिवर्तन ल्याउनुपर्ने बताउनुभयो | कार्यक्रममा बोल्दै ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बाग्चन्दले कानुनको ज्ञान, प्रयोग/ पालना र निर्माणले समाजको सोच बदल्न सक्छ भन्नुभयो |

नागरिक समाजले  दिएको सुझाब र सूचांक समावेश गरिएमा राष्ट्रिय योजना आयोगले एउटा ऐतिहासिक कदम लिएको ठहरिनेछ | इतिहासले यसको उच्च मुल्यांकन गर्ने उहाँले बताउनुभयो |

जातीय विभेद उन्मुलनका लागि वकिलहरुको राष्ट्रिय अभियान ल्यानकाउ नेपालद्वारा आयोजित उक्त कार्यक्रममा वकिल, सामाजिक अभियन्ता, बिद्यार्थी र विभिन्न पेशामा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता